दुई जना कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं १० बैशाख । नेपालमा कोरोना संक्रमित भएका दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन् । कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुषको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो। उनी सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित हुन् । यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवक र धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय संक्रमित युवक पनि उपचारपछि डिस्चार्ज गरिएको थियो । चैत २१ गते उनको थ्रोट स्वावको नमूना परीक्षण गर्दा पोजेटिभ आएपछि २२ गते उनलाई सुन्दरपुरबाट उपचारका लागि धनगढी ल्याइएको थियो । अब सुदूरपश्चिमका ४ संक्रमित मध्ये एकजना महिलाको मात्रै उपचाररत छन् । बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक पनि डिस्चार्ज भएका छन् । निको भएका धादिङका युवक नेपालको तेस्रो संक्रमित हुन्। उनी चैत ६ गते १६० यात्रु बोकेको एयर अरेबियाको उडान नम्बर जी ९५३७ विमानमा नेपाल आएका थिए । पीसीआर परिक्षणका क्रममा कोरोना पुष्टि भएपछि उनी चैत १२ गते भर्ना भएका थिए । उपचारका क्रममा पछिल्ला रिपोर्टहरु नेगेटिभ आएपछि उनी बुधबार डिस्चार्ज भएका हुन् ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #कोरोना संक्रमित डिस्चार्ज
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्