जनगुनासोदेश/दुनियाँप्रमुख समाचारसमाचार

साढे चार बर्षमा पनि बनेन बालगोपालेश्वर मन्दिर 

0
काठमाडौं १० कार्तिक । काठमाडौंको मुटुमा रहेको रानी पोखरी । २०७२ बैशाख १२ को भुकम्पले क्षति पुगेको साढे चार बर्ष बित्दा समेत पुर्ननिर्माण हुन सकेको छैन् । कहिले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले त कहिले काठमाडौं महानगरपालिकाले पुर्ननिर्माण गर्ने भन्दै काम अल्झियो । महानगरपालिकाले निर्माणको काम पनि थाल्यो । तर, स्थानीयले पुरानै शैलीमा रानी पोखरी निर्माण गर्नुपर्ने माग राखे । निर्माण कार्य अवरोध गर्न महानगरपालिकाकै उपप्रमुख हरिप्रभा खड्गी ताला बोकेर रानी पोखरी पुगिन । जसले मेयर बिद्यासुन्दर शाक्य र उपप्रमुख खड्गीको बिबाद पनि सतहमा ल्यायो । जव तिहार आउछ अनि रानी पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर नबन्दा सबैलाई खिन्नता महसुस हुन्छ । शुक्रबार हामी त्यहि रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको अवस्था बुझ्न पुग्यौं ।
तीन महिनाअघि मन्त्रिपरिषद बैठकले नै राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाई पुर्ननिर्माणको जिम्मा दिएको रहेछ । सोही अनुसार काठमाडौं महानगरले अनुगमन गर्ने जिम्मा पाएको छ । कामले तिब्रता पाएपनि यसबर्ष दिदिबहिनी तथा दाजुभाई नहुने सर्वसाधारणले बालगोपालेश्वर मन्दिरमा भाइटिका लगाउन पाउने छैनन् । मन्दिरको गेटमै भाईटिका लगाउने ब्यवस्थापन मिलाइएको छ ।  २०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानी पोखरी पुनर्निमार्णका लागि शिल्यान्यास गरेकी थिइन । २०७३ मा वैशाखमा कात्तिकसम्म निर्माण सक्ने गरी ६ करोड २९ लाखमा पोखरीको पुनः निर्माण गर्न ठेक्कापट्टा पनि भयो । पोखरीको बीचको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणका लागि १ करोड ४० लाख २८ हजारमा ठेक्का भयो । तर, निर्माणको काम सधैं अवरुद्ध नै भयो । तिहार मात्रै होइन काठमाडौं उपत्यकामा बसोबास गर्ने तराईबासीले मनाउदै आएको छठ पनि रानी पोखरीमा मनाउन नपाएको चार बर्ष बित्यो । रानी पोखरीको सरसफाई र पर्खाल लगाउने कामले पनि तीब्रता पाएको छ । एक बर्षभित्र पुर्ननिर्माणको काम सक्ने लक्ष्य लिएको राष्ट्रिय पुर्ननिर्माणको काममा अव भने बाधा नआओस् र अर्को बर्ष भाईटिका मन्दिरमै लगाउने आसा निरासामा परिणत नहोस् ।

नेपाली युवाहरुको अमेरिका मोह

Previous article

जादैन बत्ती, झिलिमिली शहर

Next article

You may also like