देश/दुनियाँप्रमुख समाचारलाेकसेवा/जागिरविचारसमाचार

नेपाली युवाहरुको अमेरिका मोह

0
काठमाडौं १० कार्तिक । सरकार समृद्ध नेपाल सुखी नेपालीको नारा बाँढिरहेको छ । स्वदेशमै रोजगारी सिर्जना गरेर छिट्टै विदेशमा रहेका नेपाली श्रमिकलाई फर्काउने प्रधानमन्त्री र मन्त्रीको भाषणवाजीले पनि निरन्तरता पाइनैरहेको छ । तर रोजगारी, शिक्षा लगायतका बिभिन्न बाहाना र चाहानामा दिनहु १५ सयको दरले बिदेशीने नेपालीहरुको संख्या घट्नुको साटो झन झन बढ्दो छ । अमेरिका बसोबासका लागि अनलाईन प्रक्रियामार्फत छनौट गरिने चिट्ठा अर्थात ईडीभीको आवेदन खुल्ला भएसँगै भारम भर्न हतारिएका युवाहरुको जमातले त नेपाली युवाहरु विदेश जाने हरेक अवसरको सदुपयोग गर्न आतुर छन भन्ने तथ्यलाई उजागर गरेको छ । यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर अनिवार्य गरेपछि  डीभी भर्ने युवाहरुको बाक्लो उपस्थिति केन्द्रीय राहदानी विभागसम्मै देखिएको छ । डीभी भर्नकै लागि राहदानी बनाउन हतारिनेमा अधिकांश युवाहरु छन् । प्राविधिक शिक्षा लिएकादेखी बीबीएस, इन्जिनियरिङ शिक्षा, मानविकि सबै संकायका युवाहरु ईडीभीबाट भाग्य चम्काउने र अमेरिका पुग्ने सपना साँचिरहेका छन् । यसअघि दैनिक ५ देखि ७ सम्म सय आवेदन आउने गरेको राहदानी विभागमा यो संख्या ह्वात्तै बढेर तेब्बर पुगेको छ । मलेसियाको रोजगारी, दसैंको लामो बिदा र डीभिका कारण आवेदन दिनेहरुको संख्या बढेको राहदानी बिभाग स्वयम पनि स्विकार गर्छ ।
स्वदेशमा गतिलो रोजगारी नपाइने र पाइहालेपनि कामअनुसारको पारिश्रमिक नहुँदा लाखौँ युवाहरु विदेश पलायन भइसकेका छन् । हुन त, अमेरिका नेपालीको मात्रै होइन, विश्वभरका नागरिकको रोजाइको गन्तब्य हो । वैदेशिक रोजगारीमा जाने मनशाय नै नबनाएका कतिपय युवालाई समेत अमेरिकी डीभी मोहले लोभ्याएको छ ।  अझ, नेपालीहरु अमेरिकाका लागि मरिहत्ते गर्छन भन्ने तथ्यलाई अमेरिका पुगेर उत्तै हराउने जनप्रतिनिधी, निजामती कर्मचारी र व्यापारिहरुको ठूलो हिस्साले पुष्टी गरिदिएको छ । सन् २०२१ का लागि अक्टोबर २ अर्थात असोज १५ गतेदेखि खुल्ला भएको डीभीको आवेदन ५ नोभेम्बर अर्थात कात्तिक १९ गते सकिदैछ । प्रधानमन्त्री अनि मन्त्री स्वदेशमै रोजगारीको भाषणमा रमाउने देशका कर्णधार मानिने युवा मलेसिया, साउदी अरब, कुबेत, इजरायल, जापान, कोरिया लगायतका रोजगार गन्तब्यका लागि तछाडमछाड गर्ने । आखिर युवा र दक्ष जनशक्ति पलाएनको यस्तो भयाबह अवस्था कहिलेसम्म सरकार ?

पढे होलान् त प्रधानमन्त्रीले मुस्कानको पत्र

Previous article

साढे चार बर्षमा पनि बनेन बालगोपालेश्वर मन्दिर 

Next article

You may also like