महरालाई पुनः अदालत लगिदै

काठमाडौं ६ कार्तिक । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बुधबार पुनः अदालत लगिदै छ । महरालाई म्याद थपका लागि तेस्रो पटक अदालत लगिन लागिएको हो । प्रहरीले महरालाई लागेको आरोपको अनुसन्धान गरिरहेको छ । तर, अनुसन्धान नसकिएको भन्दै पुनः म्याद थपका लागि महरालाई अदालत पेश गर्ने तयारी छ । आइतबार जिल्ला अदालतले महरालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । त्यस्तै, असोज २८ गते अदालतले महरालाई ३ दिन म्याद थप गरेको थियो । त्यसअघि दसैँ बिदामा अदालत बन्द रहेकोले प्रहरीले १० दिनसम्म महरालाई म्याद थपका लागि अदालत उपस्थित गराएको थिएन । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफुलाई बलात्कारको प्रयास गरेको बताएकी थिइन । तर, उनले पछिल्लो समय भने महराले आफुलाई केही पनि नगरेको बताउदै आएकी छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #महरालाई पुनः अदालत लगिदै
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्