सुनचाँदीको मूल्य बढ्यो, तोलाको ६४ हजार ७ सय

काठमाडौँ २६ असार । बिहीबार सुनको मूल्य फेरि बढेको छ। नेपाल छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ६४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुनको मूल्य तोलामा ६४ हजार तीन सय रुपैयाँमा कारोवार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ६४ हजार चार सय रुपैयाँमा पुगेको छ । बुधबार तेजाबी सुन तोलामा ६४ हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #sun
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्