हुम्लामा दुर्घटना भएको जीप अझै फेला परेन

हुम्ला ३ असार । हुम्लामा भएको जीप दुर्घटनाको उद्दारमा समस्या भएको छ। गोताखोर नहुँदा कर्णाली नदीमा खसेको जीप अझै भेटिएको छैन् । गोताखोर नहुँदा घटना भएको तीन घण्टासम्म पनि जीप र यात्रुको अवस्था पत्ता लागेको छैन। कर्णाली नदी धमिलो र बहाव बढेकाले जीपको अवस्था पत्ता लगाउन समस्या भएको हो। हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही सहित दश जना यात्रु बोकेको लु १ ज ७१६६ नम्बर जीप कर्णाली नदीमा खसेको थियो । घटनामा परि वेपत्ता हुनेमा उपाध्यक्ष शाहीसहित, डाइभर मणि शाही, चन्द्र हमाल, ढुक्कु भण्डारी, वसन्ती शाही, नन्ददेवि सिंह, कौर विक र उनका दुई वर्षिया बालक, गोकुल सुनार र काठमाडौं थानकोटका एक जना रहेको प्रहरीको जनाएको छ। अन्य सबै खार्पुनाथ गाउँपालिका स्थानीय रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक राजेन्द्रबहादुर सिंहले जीप खोजी कार्य तीब्र बनाइएको बताएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #breeking
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्