इंग्ल्याण्डको शानदार जित
काठमाडौ २५ फागुन । इंग्ल्याण्डले वेष्ट इन्डिजनमाथि ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा शानदार जितेको छ । दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भ्रमण टोली इंग्ल्याण्डले वेष्ट इन्डिजमाथि १३७ रनले जितेको हो । १८३ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ११ ओभर पाँच बलमा सबै विकेट गुमाएर मात्रै ४५ रन बनायो । वेष्ट इन्डिजका लागि शिमरोन हेटमायर र कार्लोस ब्रेथवेटले समान १०–१० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । इंग्ल्याण्डका क्रिस जोर्डनले चार विकेट लिएका थिए । यसअघि पहिले ब्याटिङ्ग गरेको इंग्ल्याण्डले ६ विकेटको क्षतिमा १८२ रन बनायो । उसका लागि साम बिलिङ्गसले ८७ तथा जोए रुटले ५५ रन बनाए । वेष्ट इन्डिजले जवाफी ब्याटिङ्गमा बनाएको ४५ रन ट्वेन्ट–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टिमले बनाएको दोस्रो कम रन हो ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #hot
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्