प्रमुख समाचारराजनीतिविचारसम्पादकीय

टुडिखेलमा देश समृद्धिको भाषण,खुल्ला मञ्चमा रित्ता थाल समाएको लाइन

0

असोज ३ अर्थात् संविधान दिवस । २०७२ असोज ३ गते जारी भएको नेपालको संबिधानले ५ पूरा गरेको छ । जनताको अधिकार स्थापित गर्न बनाइएको संविधानले नेताहरुको स्वार्थ पूरा गर्ने बाहेक अरु केही भएको छैन् भन्दा फरक पर्दैन । संविधान कागजी खोस्टो मात्रै होइन तर, राजनीतिक दलले खोस्टो मात्रै बनाइदिएका छन् । जनताले खबरदारी गर्दा समेत संविधान उलंघन मात्रै होइन आफनै शैलीमा ब्याख्या गरिरहेका छन् । जनताको अधिकार स्थापित गर्न बनाइएका मौलिक हक कार्यान्वयन गर्न ५ बर्षसम्म पनि कुनै तदारुकता देखिदैन । बरु दलीय कार्यकर्ता भर्ती केन्द्र बनाउने निकायमा संविधानका पाना पल्टाउदै नियुक्ति दिइरहे । तर, जनताले भोको पेटले संविधान साथमा लिएर कसरी बाच्न सक्छन् ।

एउटा उदाहरण प्रस्तुत गरौं संविधान दिवसको अवसरमा काठमाडौंको टुडिखेलमा एक बिषेश कार्यक्रमको आयोजना गरियो । जहाँ राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका देशका उच्चपदस्थ ब्यक्तीहरुको उपस्थिति थियो । संविधान जारी भएको ५ बर्ष पूरा हुँदा प्रधानमन्त्री ओली समृद्ध नेपाल सुखी नेपालीको भाषण टुडिखेलमा बाचन गरिरहेका थिए । आकाशमा संविधान दिवस लेखिएको हेलिकप्टर पनि उडिरहेको थियो । तर, त्यहि छेउमा रहेको खुल्ला मञ्च अर्थात् यतिबेला बनाइएको बसपार्कमा रित्ता थाल समाएर भातको गाँस कतिबेला आउँछ भन्दै कुरिरहेका ब्यक्तीहरुले उडेको हेलिकप्टर देखेर निन्याउरो अनुहार लगाइरहेका थिए ।

उनीहरुलाई भाषण भन्दा पनि रासनको ब्यवस्था गरिदिए हुन्थ्यो भन्ने ठानिरहेका थिए । उनीहरु रित्ता थाल समाइरहेका थिए खाना आएकै थिएन । तर, प्रधानमन्त्री ओलीको गणतान्त्रिक भाषण सकियो र कोही शितल निवास कोही बालुवाटार तिर लागे । तर, भोका पेटमा बसेका उनीहरुलाई देशको कुनै शासकको ध्यान गएन । यहि हो त नयाँ संविधानले जनतालाई दिएको राहात,सेवा सम्मान । यो त एउटा उदाहरण मात्रै हो । यहाँ जनताको रगत र पसिनाबाट आएको लोकतन्त्र गणतन्त्रमा छोटे राजाहरुको शासनले जनताका अधिकार थप खोसिएका छन् । नेता कार्यकर्ता मात्रै होइन ससुराली, माउली तथा नाता कुटुम्बलाई सधैं मालामाल । योग्य, दक्ष र क्षमतावान ब्यक्तीहरुले कहिल्यै नियुक्ति पाएनन् हिजो राजतन्त्रका बेला होस् या अहिले गणतन्त्रको समयमा ।

सधैं आफनो मात्रै हेर्ने नेताहरुको पुरानै ब्यवहार सुधार भएन । जनताले शासन फेरि नेता फेरे । तर, उनीहरुको प्रबृत्ति कहिल्यै सुध्रिएन । कोरोना भाइरसका कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्दै आएका सर्वसाधारणलाई संविधान दिवसको के अर्थ । न त संविधानका धाराहरुले दिएको पानी नै जनताले खान पाएका छन् । धमिलो पानीमा माछा मार्ने खेल अझै रोकिएको छैन् । संविधानमा राखिएका १३ वटा संबैधानिक निकायमा बिभिन्न समुदायको पक्षमा काम गर्न गठित संबैधानिक आयोगहरु अझै रिक्त छन् । दलीय भागबण्डा नमिल्दा ५ बर्षसम्म पनि ती आयोगहरु रिक्त छन् ।

निर्मला पन्त हत्या प्रकरण अझै टुंगो लागेको छैन् । अदालतमा मुद्धा लड्दा लड्दै सम्पत्ती सकिने मात्रै होइन मृद्धाको सुनुवाई नहुँदै मानिसको मृत्यु भै सक्छ । दैनिक आन्दोलन भइरहेकै छन् । नेता र नेतृत्वले आफूखुसी संविधानको ब्याख्या गर्दै निर्वाचन हारेका नेताहरुलाई समेत टपक्क टिपेर संसद छिराएकै छन् । आखिर कहाँ कार्यान्वयन भयो त नेपालको संविधान । संविधान जारी भएर कुन चाँही नागरिकले सहज सेवा पायो वा न्याय पायो । राजतन्त्र निरंकुश भएपछि जनता सडकमा आएर फ्या्क्न बाध्य भए ।

यहिले पनि दलीय ब्यवस्थाले आफ्नो स्वार्थ मात्रै हेर्दा जनतामा दैनिक निरासा थपिइरहेको छ । गणतान्त्रिक संविधान र गणतन्त्रका शासकले जनताको घाउमा नुन चुक छर्ने कि मलम लगाउने यहि प्रश्न नै अहिले मुख्य हो । संविधान जारी गरेको भन्दै तीन हात उफ्रिनु ठूलो कुरा होइन । तर, जनताका अधिकार स्थापित गर्नु नै मुख्य सवाल हो । होइन भने बिगतमा बनेका छ वटा संविधान भन्दा यो सातौं संविधानमा के फरक अनि के अन्तर ।

एकैदिन १ हजार २ सय ४ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

Previous article

पार्टी एकतापछि प्रधानमन्त्री ओली दोस्रो पटक पेरिसडाँडामा, बैठक भने पहिलो पटक बस्यो

Next article

You may also like