बैद्य भन्छन् विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनु गम्भीर भूल

काठमाडौं २४ चैत । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्यले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर गम्भीर भूल गरेको बताएका छन् । महासचिव बैद्यले चन्द नेतृत्वको कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने केपी ओली, पुष्पकमल दाहालहरू कम्युनिष्ट हुनै नसक्ने भन्दै तत्काल बिप्लवलाई लगाएको प्रतिबन्ध फिर्ता लिन आग्रह गरे । आइतबार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा उद्घाटन गर्दै बैद्यले वर्तमान सरकारले देशीविदेशी प्रतिक्रियावादीहरूको संरक्षण गरिरहेको आरोप लगाए । कम्युनिष्टको नाममा प्रतिक्रियावादीहरूको संरक्षण गरिरहेको वर्तमान सरकारविरुद्ध अर्को जनवादी क्रान्ति गर्नुको विकल्प नरहेको उनको भनाई थियो । महासचिव बैद्यले वर्तमान सरकारले शोसित पीडित जनताको प्रतिनिधित्व गर्नै नसक्ने दावी पनि गरे। ओली सरकारलाई बिस्थापित गर्न आन्दोलन गर्नुपर्ने बताए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति
ट्याग : #mohan baide
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्