राष्ट्रपति र उपराष्ट्रपति पुगे पशुपतिमा
काठमाडौ २० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पशुपतिनाथमा पुगी पूजाअर्चना गरेका छन् । महाशिवरात्रि पर्वको अवलोकन गर्न दिउँसो ४ बजेर ३८ मिनेटमा पशुपतिनाथ मन्दिरमा राष्ट्रपति विद्यादेवीले पूजा अर्चना गरिन । पशुपतिनाथमा राष्ट्रपति विद्यादेवी पुगेपछि सुरक्षा निगरानी पनि कडा पारिएको थियो । पशुपति आसपास लगायत क्षेत्रमा गरी कम्तिमा पनि ९ हजार सुरक्षाकर्मी परिचालन गरियो भने ५ हजार स्वयमसेवकहरुले सहयोग गरेका थिए । राष्ट्रपति भण्डारी पुगेको केही बेरमा उपराष्ट्रपति पुन पनि पशुपतिनाथ पुगेका थिए । पाशुपत क्षेत्रमा भक्तजनको नाँचगान, शिव भजन कीर्तन र भारतबाट आएका बाबाहरुको उपस्थिति रहेको थियो । त्यसैगरी पशुपतिनाथको दर्शनकै लागि भनेर भारत लगायत अन्य मुलुकका विदेशी पाहुनाहरु पनि मन्दिर पुगेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्