१० हजार शिक्षक करारमा नियुक्त गर्ने तयारी

काठमाडौं १६ चैत । विद्यालयमा खाली रहेका दरबन्दी पूर्ति गर्न सरकारले गृहकार्य अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र शिक्षक महासंघका पदाधिकारीसँग भएको छलफलमा यस्तो अवधारणा अघि बढाइएको हो । शिक्षक सेवा आयोगको परीक्षामा अनुत्तीर्ण भएका शिक्षकलाई करारमा नियुक्ति गर्न नसक्ने भएपछि मन्त्रालयले आउँदो एक साताभित्र करार शिक्षक नियुक्ति गर्न ढोका खुला गर्ने तयारी गरेको हो । शिक्षा ऐनमा फेल भएका शिक्षकले स्वतः अवकास हुने व्यवस्था भएपछि सरकारले तत्काल समस्या समाधान गर्न ती शिक्षकलाई पुनः नियुक्ति दिइने हल्ला चलेको थियो । यो समाचार नेपाल समाचारपत्रमा छापिएको छ ।
क्याटेगोरी : पत्रपत्रिका, समाचार
ट्याग : #hot
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्