जीवनशैलीदेश/दुनियाँविचार

“श्रमिकका सपना”

0

काठमाडौं । नेपालको श्रमिक आन्दोलनको करिब ७३ बर्षको इतिहास विराटनगरको जुटमिल बाट सुरूभएको पाईन्छ । पुरानो उद्योग रहेको विराटनगर जुन नेपालको परिवर्तनका दुई नेताहरूको कार्यस्थल पनि हो । यहि आन्दोलनपछि परिवर्तनका संबाहक नेपाली श्रमिक प्रशिक्षित हुँदै आए, राणासासन को बिरूद्द जमेर उत्रीए, फलस्वरूप ब्यवस्था परिवर्तन भयो । तर राणा शासनपछिको परिर्वतमा पनि श्रमिकको अवस्था परिवर्तन भएन ।

१७ सालसम्म केहि परिवर्तन भने भयो । उद्योग अनि कलकारखाना केही मात्रामा खुले, रोजगारीसँगै श्रमिकको सख्यात्मक बृद्धी भएपनि श्रम अनुसारको मुल्य पाउने र श्रमिकले सम्मान पाउन सकेनन् । १७ सालमा ठूलै परिवर्तन भयो, परिवर्तनपछिको जनमतको बलमा नेपाली काग्रेसले दुईतिहाईको सरकार गठन गर्यो, तर दिगो हुन सकेन । राजा र कांग्रेस बिचको राजनीतिक खिचातानीमा मजदुरको मुद्धा हरायो, श्रमिकहरु प्रयोगका साधन जस्ता भए । यो राजनीतिक कालखण्डमा पनि तात्विक उपल्ब्धी देखिएन ।

राजा महेन्द्रले आफूमा शक्ति केन्द्रित गर्दै कु गरेपछि पञ्चायती व्यवस्थाको थालनी भयो । राजा महेन्द्रले दुई छिमेकीसंग मात्र निर्भर सम्बन्धलाई केही विस्तार गरे । तेस्रो मुलुक तत्कालिन सोभियत यूनियन अमेरिका जस्ता शक्तिसाली राष्ट्रको कुटनितीक सम्बन्ध विस्तार भयो । बिभिन्न नयां उद्योग, कलकारखाना, कृषि औजार, चिनी मिल, टायल कारखाना लगायत बिबिध उद्योग खोलेर उत्पादनसँगै रोजगारीको अवशर मिलाइयो । नेपाली कामदारहरूलाई बिदेश मा तालिम प्रसिक्षण गराई विकासका गतिबिधिलाई समेत एकसाथ अगाडी बढाउने काम भएको यो कालखण्डले रोजगारी सिर्जन र आत्मनिर्भर अर्थतन्त्रमा केही जोडबल दिएको देखिन्छ । नेपालको श्रम बजारले फराकिलो हुने मौका पाउँदैगर्दा बिक्रम सम्बद २०२८ सालमा राजा महेन्द्रको देहाबसानले पूर्वाधार निर्माण, रोजगारी सिर्जना र विकासको गतिबिधिमा केही पूर्ण बिराम लाग्यो ।

सुरु भयो, राज बिरेन्द्रको शासनकाल । यो राजनीतिक कालखण्डमा नेपाली काग्रेस र कम्यूनिस्टहरूले मजदुरहरूलाई दुई खेमामा राखी आआफ्नै ढंगबाट मजदुर भनेका समाजबाद र साम्यबादका अनुयायी हुन भन्दै भ्रमित बनाएर प्रसिक्षित गराए । यही राजनीतिक प्रशिक्षणले ०४६ साल निम्तियो, हजारौ मजदुरहरू सडकमा उतारिए । मजदुरको सपना फगत सपनामै सिमित रहँदा कांग्रेस र कम्यूनिष्टहरूले बिधिबत रूपमा छुट्टा छुट्टै महासंघ दर्ता गराए । आफ्नो हक अधिकारको मुद्धामा एकाकार हुनुपर्ने मजदुरहरु बिभाजित मात्रै बनेनन्, राजनीतिक पाटीका बर्गिय संगठनका रूपमा परिणत भए । एकले अर्काको अस्तित्व नस्वीकार्ने भए । पञ्चायत कालका शासकले गरेका काम संस्थागत नहुदा परिवर्तनका नाउमा श्रमिकका ईच्छा आकांक्षा जहिको त्यही राखेर राजनीतिक स्वार्थका आधारमा प्रयोग हुने साधन जस्तै बनाइए मजदुरहरु ।

अन्तत: सत्ताको खिचातानीमा कांग्रेस कम्यूनिस्टहरु लडिरहदा छिमेकीको लगानी तथा स्वार्थ जोडिएका नेपाली उद्योग कलकारखाना एकपछि अर्को गर्दै बन्द हुन थाले । आफ्नो उत्पादनलाई नेपाली बजारमा ब्यापक बनाउने र परनिर्भरता बढाउने उद्देश्य स्वरुप कौडिको भाउमा सरकारी उद्योग निजीकरण भए । हुने खाने र हुँदा खाने वर्गबिचको खाडल बढ्दैगर्दा अभाव र समस्यामा रुमलिएका बर्गलाई उचाल्दै माओवादी जन्मियो । श्रृङ्खलाबद्ध रुपमा नेपालको श्रम बजार स्खलित हुँदैगयो । यो राजनीतिक अकर्मन्यताको उपज हो ! उद्योगहरू बन्द हुनथाले, नेपाली कामदार बिदेसिन बाध्य भए । उदाहरणका रूपमा नेपालका क्यासिनोहरू छन् । लगभग आठ क्यासिनोमा सातहजार कामदार र चारजना न्यूनतम आश्रीत पर्विार बिचल्लीमा परे ।

यसैगरी सरकारी स्वामित्वमा रहेका उधोग समेत प्रभावित भए । लाखौँ श्रमिकहरू बिदेशीन बाध्य भए भने नेपालमा रहेका मजदुरहरूलाई बन्दुक बोक्न र बोकाउन लगाईयो । परिणाम हजारौले ज्यान गुमाए, बचेकाले काम नपाउने अवस्था आयो । दसबर्षे माओबादी शसस्त्र आन्दोलन ६२\६३ शालको शान्ति संझौक्ताले पनि पुरा गर्न सकेन हजारौँ मजदुरका सपना । बरु यूवाहरुमा समेत बिकल्प नदेखेपछी देश छाड्ने बाध्यता तिब्र बन्यो । देशमा आम्दानिका श्रोत केहि नदेख्नेहरुले बिदेश पुगेर पठाएको रेमिट्यान्समा देश भर पर्नुपर्ने अवस्था सिर्जना भयो ।

यतिबेला तिनै रेमिट्यान्स ल्याउने श्रमिकहरू कोरोनाबाट प्रताडित छन् । नेपाल आउन पाऊ भन्दा सुनिदिने कोही छैन । स्वदेश ल्याऊदा तीनै आप्रवासी नेपालीका कारण महामारी झन फैलने अभिब्यक्ती आउदा कस्तो हुन्छ होला समस्यामा परेकाहरुलाई । श्रमिकका ईच्छा आकांक्षा उस्तै दुरुस्तै । ७३ बर्षको नेपाली श्रमिकका सपना समाजबाद र साम्यबादको आश्वासन र परिवर्तित व्यवस्थाले बुझ्न नसक्नु बिडम्बना नै हो । अब एउटै बिकल्प संबर्धनबादको छाता मुनी गोलबन्ध होऔँ । अहिले बिश्वभर कोरोना भाईरस फैलिरहदा हामी नेपाली श्रमिकहरू देश भित्र र बाहिर कत्तिको सुरक्षित रह्यौँ त ? राज्यको भूमिका कस्तो रह्यो ? यसको अध्ययन अनि लेखाजोखा हुन जरुरी छ ।

भोलिका दिनमा अब परनिर्भर हैन आत्मनिर्भर हुनका लागी हामीसँग प्रचुर संभावनाहरू छन् । एकपटक नयाँ सिराबाट सोचौँ, बिश्वको एक मात्र राष्ट्र नेपाल बिबिधता, आफ्नै कला, संस्कृतीले भरिपूर्ण, हिमाल, पहाड, तराई कोहि छैन पराई । धेरै देश बनायौँ नेपाली श्रमिकका हतले अब बेला आएकोछ आफ्नै देश बनाउने र आफू बन्ने, जुटौँ लागौँ एकपटक नेपालको श्रम क्षेत्रलाई अगाडी बढाऔं । राष्ट्र राष्ट्रियताका लागी . समेत “श्रमजीबि बर्गको एकता आजको आवस्यकता” जयहोस् । .

लेखक ट्रेड यूनियन महासंध नेपाल (टुकोन) का अध्यक्ष हुन् ।

एमसिसी संसदको जिम्मा, नेकपामा फेरि बल्झियो एमसिसी बिबाद

Previous article

बजेटको १६६ नम्बर बुँदा, सामुदायिक तथा सरकारी विद्यालयलाई नीजि विद्यालयको अधिनमा राख्ने षड्यन्त्र

Next article

You may also like