फेरि देखियो तारकेश्वरमा बर्डफ्लु, कुखुरा र दाना नष्ट गरियो

काठमाडौं । तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्ड फ्लू भेटिएको छ । बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका कुखुरा, चल्ला र अण्डा र दाना नष्ट गरिएको छ । संक्रमण पुष्टि भएपछि सो क्षेत्रका हजारौं कुखुरा नष्ट गरिएको छ ।
कमल गौतमले पालेका अण्डा नपार्ने लेयर्स कुखुरा २ हजार ९ सय ५५ वटा, अण्डा पार्ने लेयर्स २ हजार ७ सय २ वटा, अण्डा ३ हजार ५ सय ७० वटा र दाना १ हजार ४ सय ५० किलो नष्ट गरिएको हो । यसैगरी सरिता शाहले पालेका बोइलर कुखुरा २ हजार ९ सय ६० वटा, दाना ७ सय ५० किलो, सम्झना ठकुरी तिवारीले पालेका बोइलर कुखुरा २ हजार ७६ वटा, लोकल कुखुरा १ सय ७ वटा पनि नष्ट गरिएको छ ।
अमृत थापाले पालेका २ हजार २ सय चल्ला र १ सय ५० किलो दाना तथा शान्ता खनालले पालेका लोकल कुखुरा एक सय वटा र टर्की दुई वटा पनि नष्ट गरिएको छ । तारकेश्वर नगरपालिका–१ मै यसअघि बर्डफ्लु पुष्टि भएपछि १ हजार ४ सयभन्दा धेरै हाँस नष्ट गरिएको थियो ।
क्याटेगोरी : अर्थ, खेती किसानी, देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कुखुरा र दाना नष्ट, #बर्डफ्लु
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्