कोरोना महामारीका कारण बन्द ५४ प्रतिशत मात्रै उद्योग–व्यवसाय पूर्णरूपमा सञ्चालनमा

काठमाडौं । कोरोना महामारीका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ५४ प्रतिशत पूर्णरूपमा सञ्चालनमा आएको पाइएको छ । बाँकी उद्योग समेत क्रमशः सञ्चालनमा आउने तयारीमा रहेका छन् । नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो अध्ययनअनुसार उद्योग–व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोवारमा सुधार पाइएको छ ।
केन्द्रीय बैंकले गरेको पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा पछिल्लोपटक गरिएको सर्वेक्षणले ५४ प्रतिशत उद्योग–व्यवसाय पूर्णरूपमा सञ्चालनमा आएको देखाएको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टले २०७७ कात्तिक १३ देखि २०७७ मङ्सिर २४ सम्म तुलनात्मक अध्ययन गर्दा उद्योग प्रतिष्ठानमा सुधार पाइएको बताए ।
यसअघि बैंकले २०७७ जेठ २६ गतेदेखि असार १० गतेसम्म ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीबाट तथ्याङ्क सङ्कलन गरी कोभिड–१९ ले व्यवसायमा पारेको असर अध्ययन गरेको थियो । यो सर्वेक्षणले बन्दाबन्दीपश्चात औसतमा ६१।०३ प्रतिशत उद्योग–व्यवसाय सञ्चालन हुन नसकेको र ४।१ प्रतिशत उद्योग–व्यवसायहरु पूर्णरूपमा सञ्चालनमा रहेको देखाएको थियो । सरकारले कोभिड–१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिकरूपमा सञ्चालनमा आउन थालेको ठहर राष्ट्र बैंकले गरेको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #उद्योग–व्यवसाय, #कोरोना महामारी
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्