काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ हजार ८ सय जनाको पीसीआर परीक्षण गरिएकोमा ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ३७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको कुल संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको छ।
हाल ५ हजार ४ सय ८७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा ८ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ७८ पुगेको छ।