प्रमुख समाचारब्रेकिंग न्युजराजनीति

अन्तत् जनयुद्धका कमाण्डरलाई छोडे गृहमन्त्री बादलले, बालुवाटारमा ओली पक्षीय बैठकमा सहभागि

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी बिधिवत रुपमा फुटेको औपचारीक घोषणा नभएपनि प्रधानमन्त्री ओली एकातिर र पुष्पकमल दाहाल र माधव नेपाल समूह स्पष्ट रुपमा दुई खेमामा बिभाजीत भईसकेका छन् । दुबै पक्षले छुट्टा–छुट्टै स्थानमा छुट्टा–छुट्टै केन्द्रिय कमिटि बैठक समेत बसालिरहेका छन् । एक पक्ष बालुवाटारमा बैठक गरीरहेको छ भने अर्को पक्ष बबरमहलमा बैठक गरिरहेका छन् । यो फुटसँगै ओलीपक्ष र प्रचण्ड नेपाल पक्षका नेताहरुले खेमा समेत परिर्वतन गर्ने क्रम जारी छ ।

पुष ५ गते प्रधानमन्त्री ओलीले संसद बिघटन गरे । संसद बिघटन गरेसँगै ओली पक्षधर नेताहरु बालुवाटारमा नेकपाको स्थायी कमिटि बैठक बसेर केन्द्रिय कमिटि बैठक बिस्तार गरी अघि बढे भने दाहाल नेपाल पक्षधर नेताहरु बबरमहलमा स्थायी कमिटि र केन्द्रिय कमिटि बैठक बसेर पार्टी अध्यक्ष ओलीलाई हटाएर माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने निर्णय गर्दै संसद बिघटन बिरुद्ध आन्दोलनमा जाने निर्णय गरिहेका छन् । यसैबिचमा बुधवार दाहाल–नेपाल समूहले ओलीलाई संसदीय दलको नेताबाट हटाएर अर्का अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयनन गर्न ब्यस्थ रहे ।

बिहिवार दुबै समूहले आ–आफ्ना बैठक बोलाए । यतिञ्जेल कुनै पनि कित्तामा नगएका गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल ओली पक्षमै लागेका छन् । बिहीबारको बालुवाटारमा भएको ओली पक्षको केन्द्रीय समिति बैठकमा बादल सहभागी भएर ओली पक्षलाई साथ दिएका हुन् । उनी बिहीबार ११ बजे नै बालुवाटार पुगेका थिए । केपी ओली पक्षको नेकपामा लागेका गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले प्रचण्ड–माधव पक्षलाई एउटा गुटको संज्ञा दिएका छन् । बिहीबार ओली पक्षको केन्द्रीय समिति बैठककलाई सम्बोधन गर्दै नेकपाबाट एउटा गुट अलग भएको जिकिर गरे ।

नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकवाट १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका थिए । अहिले कायम रहेको ४ सय ४७ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेलाई ५ सय ५६ जना थपेर महाधिवेशन आयोजक कमिटी बनाइएको थियो । पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको पक्षमा देखिएका छन् । मंगलबार भने उनीहरु केपी शर्मा ओली नेतृत्वको समूहको बैठकमा गएका थिए ।

औपचारिक रुपमा पार्टी विभाजन नभएकाले अझै पनि मिलाउन सकिन्छ कि भनेर प्रधानमन्त्री ओलीसँग गएको बताएका छन् । उनले दाहाल–नेपाल समूह नै आधिकारीक भएकाले आफु यता आएको दाबी गरे । ओलीले केन्द्य्रिय सदस्य चयन गरेका प्रदेश सांसद दिनेश पन्थी पनि प्रचण्ड–नेपाल समूहको बैठकमा पुगेका छन् । गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य सूर्य सुवेदी ‘पथिक’ प्रचण्ड–नेपाल पक्षमा लागेका छन् । यसैबिच नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्य रामबहादुर थापा बादललाई आफ्नो पक्षमा ल्याउन नसकिएको स्वीकार गरेका छन् ।

सरकार बिरुद्ध काग्रेस, प्रचण्ड–नेपाल र जसपा सडक आन्दोलनमा

Previous article

ओली–प्रचण्ड समूह एकअर्कोलाई कारवाही गर्ने होडबाजीमा, कार्यकारी अध्यक्षबाट हटाइयो प्रचण्डलाई

Next article

You may also like