प्रधानमन्त्री ओलीको धम्की म राजिनामा दिन्न

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको ओलीको तर्क छ । बुधबार मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको बताए । देशको अवस्थाका कारण पनि अहिले आफूले राजीनामा दिन नमिल्ने ओलीको भनाई छ ।
पार्टीभित्रैबाट आफूविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेको सुचना पाएको भन्दै ओलीले त्यसले कही फरक नपर्ने बताए । पार्टीभित्रको जालझेल र तिक्डमबाट नभै जनताको आवश्यकता र व्यापक समर्थनबाट आफू प्रधानमन्त्री भएको ओलीले स्पष्ट पारे । त्यसैगरी केही तत्वले देशलाई अस्थिरतातिर धकेल्न खोजेको र त्यसमा भित्रबाहिरबाट चलखेल गरेर आफूलाई हटाउने खोजिएको ओलीको दावी थियो ।
पछिल्लो समय नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला ओलीले पद नछोड्ने धम्की दिएका हुन् । सरकारबारे धारणा राखे पनि उनले पार्टी फुट्न लागेको हल्लाबारे भने केही प्रतिक्रिया दिएनन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अविश्वासको प्रस्ताव, #प्रधानमन्त्री केपी शर्मा
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्