देश/दुनियाँब्रेकिंग न्युजशिक्षा स्वास्थ्यसमाचार

बढ्दै छ नेपालमा कोरोना जित्नेको संख्या 

0
काठमाडौं । नेपालमा एकतिर कोरोना संक्रमितको संख्या जति बढ्दै गएको छ त्यति नै निको हुनेको संख्या पनि उल्लेखनीय छ । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख नाघेको छ । नेपालमा कोरोनाबाट निको हुने बढी युवा पुस्ताका रहेका छन् । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनप्रति दिन वृद्धि भइरहेको छ । कोरोना संक्रमितसंगसंगै संक्रमण मुक्त हुने दर पनि वृद्धि भइरहेको छ । हालसम्म १ लाख २ हजार आठ सय २० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।
कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ । जब कि नेपालमा ६९ . ५  प्रतिशत निको भएर घर फर्किइसकेका छन्।   नेपालमा मात्र नभएर विश्नमा नै कोरोना संक्रमणमा पर्ने महिला भन्दा पुरुष बढी रहेका छन् । संक्रमणमुक्त हुनेको संख्या ६९ दशमलव ५ प्रतिशत रहेको छ  । हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ । नेपालमा निको हुनेमा युवा पुस्ता रहेका छन् ।
विशेष गरी  २१ वर्षभन्दा माथि ३५,४० वर्षसमूहका रहेका छन् । संक्रमित मध्ये ८५ ५ लाई आफै निको हुने र १५ ५ मा गम्भीर लक्षण देखिने,  ३ दशमलब ५ को मृत्यु हुने विश्वव्यापी तथ्यांक तथा दावी नेपालमा लागु भएको छैन । युवाहरुले रोजगार लगायत विभिन्न अन्य कामहरुमा बढी अरु उमेर समूहभन्दा सक्रिय हुने गरेका छन् । तथ्याङकले पनि युवा उमेर समूहका व्यक्तिमा रोगसँग जुध्ने क्षमता बढी भएकाले उनीहरुलाई निको हुने संकेत बढी नै भएको देखाएको छ ।वृद्धवृद्धा  तथा बालबालिका, दीर्घ रोगीहरुलाई छिटो सर्ने तथा निको हुन समय लाग्ने हुनाले सुरक्षित हुनुपर्ने देखाउँदै आएको छ ।

सर्तक भएर दशैं मनाऔं,कोरोनालाई कोशेली नबनाऔं

Previous article

हल अफ फेम सिजन २ को घोषणा

Next article

You may also like