प्रमुख समाचारब्रेकिंग न्युजराजनीतिसमाचार

कोरोनाका कारण दशै घर लगायत बिभिन्न दुर्गा मन्दिरमा बली प्रभावित  

0
काठमाडौं । यस बर्षको हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व दसैँका अवसरमा दिइने बलि यो वर्ष कोरोनाको कारण प्रभावित भएको छ । देवी दुर्गालाई खुशी पार्नका लागि यो पर्वमा हिन्दु धर्मावलम्बीहरुले बली दिने प्रचलन छ । त्यसोत काठमाडौंको दशै घर लगायत बिभिन्न स्थानमा रहेको दुर्गा मन्दिरमा दिइने बलि प्रथाको बिगतदेखिनै पक्ष र विपक्षमा बहस चर्कने गथ्यो । हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व दसैँ कात्तिक १ गतेदेखि शुरु भएको छ ।
आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म यो पर्व मनाइन्छ । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । हिन्दु धर्मावलम्बीहरु देवी दुर्गालाई खुशी पार्नका लागि यो पर्वमा बलि दिने गर्दछन् । विशेषगरी सप्तमी, अष्टमी र नवमीका दिन शक्तिपीठहरुमा बलि दिने गरिन्छ । कसैले घरमै पनि खसी–बोकाको बलि दिने गर्दछन् ।‘भगवतीको नाममा बलि दिने प्रथा सदियौंदेखि चल्दै आएको हो, त्यसमा जनताको आस्था र गहिरो विश्वासका साथ मनोकांक्षा पुरा हुन्छ भनि बलि दिने चलन छ । तर, यस वर्ष दसैँको त्यो परम्परा र रीतिरिवाजलाई पनि कोरोनाले प्रभावित पारेको छ  ।
देवी दुर्गाको नाममा दसैँघर र अन्य बिभिन्न स्थान साथै दुर्गा मन्दिरमा दिइने बलि यस पटक सरकारले औपचारिक रुपमै रोकेको छ । जंगबहादुर राणाको पालादेखि शुरु भएको दसैँघरमा दिइने बलि प्रथा कोरोनाको कहरकै कारण यसपटक रोकिएको हो । दसैँका अवसरमा तीन दिनसम्म १६२ बोका, त्यति नै संख्यामा राँगाको बलि दिने चलन थियो । काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको कारण भिडभाडजन्य कार्यक्रममा रोक लगाइएको छ । सोही अनुसार बलि प्रथालाई रोकिएको हो ।
हुनत कतिपय बलिको बिरोध गर्दै आएकाहरुले खसीबोकाको साटो घिरौँला, कुभिण्डोलगायतलाई  बलि दिने गरेका छन् ।  प्रत्येक दसैँको बेलामा विभिन्न संघ संस्थाले बलि प्रथा रोक्न माग गर्दै नआएका पनि होइन  । तर भगवतीको नाममा बलि दिने प्रथा सदियौंदेखि चल्दै आएको कारण कतिपयले यसलाई निरन्तर्ता दिनैपर्ने भन्दै आएका छन् ।

पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण

Previous article

सर्तक भएर दशैं मनाऔं,कोरोनालाई कोशेली नबनाऔं

Next article

You may also like