प्रमुख समाचारब्रेकिंग न्युजशिक्षा स्वास्थ्यसमाचार

देशभर २२ हजार ७ सय ९ सक्रिय कोरोना संक्रमित, कोरोनाको फैलावट भयावह

0

काठमाडौं । नेपालमा थप १ हजार ५ सय ५१ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार १७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ८३,भक्तपुरमा १ सय १६ र ललितपुरमा १ सय १८ जनालाई कोरोना पोजेटिभ देखिएको हो । यो सँगै देशभर कोरोना संक्रमितको संख्या ९० जार ८ सय १४ पुगेको छ । जसमध्ये ६७ हजार निको भएका छन्, २४ घण्टामा मात्रै २ हजार ३ सय ४० डिस्चार्ज भएका छन् । निको हुनेको कुल प्रतिशत ७४ दशमलब ३ प्रतिशत रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । जसमा ४ जना महिला र ५ जना पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ५ पुरुषको मृत्यु भएको हो । जसमा काठमाडौं उपत्यकामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा तेह्रथुमका ३१ वर्ष, सुनसरीका ६४ वर्षका पुरुष, काठमाडौंकी ५९ वर्ष र ६० वर्षकी महिला, ललितपुरकी ६७ वर्षकी महिला, ६१ र ७७ वर्षका पुरुष रहनुभएको छ । यस्तै चितवनका ७० वर्ष र नवलपरासीकी ७७ वर्षकी महिलाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ६३ पुगेको छ आज देशभर २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित छन् । जसमध्ये १३ हजार ५ सय ९१ होम आइसोलेसनमा र ९ हजार १ सय १८ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २ सय ४३ जनाको आईसीयू र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । अहिले देशभरका क्वारेन्टिमा ४ हजार २ सय २१ जना रहेका छन् । अहिले सम्म १ लाख ९९ हजार २ सय ७६ जनाको पिसिआर विधिबाट परिक्षण भएको छ ।

प्रदेश ५ को प्रदेशसभामा कांग्रेस सांसद्ले गरे तोडफोड

Previous article

खाद्यान्नमा ब्यवसायीको नक्कली स्टिकर, अखाद्य र म्याद गुज्रिएका खाद्यान्न धमाधम बजारमा

Next article

You may also like