बालुवाटार छिर्यो कोरोना,प्रधानमन्त्रीका सल्लाहकार सहित ७६ जनालाई कोरोना पुष्टि
काठमाडौं । कोरोना भाइरस प्रधानमन्त्री निवास बालुवाटार छिरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि बालुवाटारमा कोरोना छिरेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा गरिएको परिक्षणमा प्रधानमन्त्रीका सल्लाहकार, सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी चालकलगायत ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, फोटो ग्राफर राजन काफ्ले लगायतका सचिवालयका सदस्य समेत रहेका छन् । संक्रमितमध्ये रिमाल, भट्टराई, थापा र काफ्लेले सामाजिक सञ्जाल मार्फत आफूहरु संक्रमित भएको जानकारी दिएका छन् । उनीहरुले आफूहरुको सम्पर्कमा आउनेहरुलाई सचेत हुन सुझाब समेत दिएका छन् ।
कोरोना परीक्षण भएकामध्ये प्रधानमन्त्री केपी शर्मा ओलीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बाक्लो भेटघाट र चहलपहल हुने बालुवाटारमा कार्यरत ७६ जनामा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेका धेरै कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको कु्ल संख्या ८४ हजार ५ सय ७० पुगेको छ । शनिबार १२ हजार ९ सय ७८ जनामा पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
यस्तै काठमाडौंमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ गरी उपत्यकामा १ हजार १ सय ७७ जनामा संक्रमण पुष्टि छ । यस्तै देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ७७३ र होम आइसोलेशनमा ११ हजार ५२९ रहेका छन् यस्तै २४ घण्टामा थप २०४४ जना निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या ६२ हजार ७ सय ४० पुगेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना परीक्षण, #बालुवाटार
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्