आइतबार बसेको मन्त्रिपरिषद्ले के निर्णय गर्यो ?

काठमाडौं । मन्त्रिपरिषद् बैठकले कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डाक्टर दीपक भण्डारीलाई नियुक्त गरेको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौतामा गर्न इजरायलयका लागि नेपाली राजदूत डाक्टर अञ्जान शाक्यलाई अख्यितारी दिएको हो ।
नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल भएपनि त्यसबारे मन्त्रिपरिषदमा कुनै छलफल नै नभएको बताइएको छ । मन्त्रीमण्डल हेरफेर तथा थप गर्नेबारे पछिल्लो समय नेकपा दुई अध्यक्षबीच छलफल चलिरहेको छ ।
उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्र्याउनेबारे नेकपामा चर्चा चलेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कृषि अनुसन्धान परिषद्, #मन्त्रिपरिषद् बैठक
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्