देश/दुनियाँप्रमुख समाचारब्रेकिंग न्युजराजनीतिसमाचार

पिसिआर परिक्षणको शुल्क पनि किन फरक–फरक

0

काठमाडौं । पिसिआर परिक्षणमा पनि सरकार र नीजि क्षेत्रबिच निक्कै प्तिष्पर्धा चल्ने गरेको छ । कहिले सरकारले सस्तो मूल्यमा पिसिआर टेष्ट गर्छ त कहिले नीजि क्षेत्रले यस्तै कुराको दाहोरी चलिरहेको छ अहिले । शुरुवातमा सरकारले नीजि क्षेत्रलाई १५ हजारसम्म पिसिआर परिक्षणको मूल्य तोक पछि सर्वत्र बिरोध पनि नभएको होईन । तर, त्यही बेला सरकारले १२ हजार ५ सयमा पिसिआर टेष्ट गरेर देखायो । त्यो जनताका लागि सरकारले दिएको सहुलियत थियो । जुन परिक्ष्ँण गर्ने ब्यक्रिले नभई सरकार स्वयंम्ले तिरेको थियो । त्यसपछि सरकारले एक जनाको पीसीआर परीक्षण गर्दा ५५ सय रुपैयाँ लाग्ने सरकारी मूल्य तोक्यो ।

यही मूल्य अनुसार पीसीआर परीक्षणमा खर्च गरेको हिसाब सरकारले सार्वजनिक गरिसकेको छ । तर, अहिले उक्त रकमलाई घटाएर सरकारले ४४ सय रुपैयाँ सरकारी शुल्क तोकिएको थियो । सेवा शूल्क वापत १० प्रतिशत थप रकम लिन पाउने व्यवस्था गरेको थियो । तर, उपत्यकाको केही अस्पताल र बिकटका नीजि अस्पतालहरुले भने सरकारले तोकेको भन्दा न्युन मुल्यमा पिसिआर परिक्षण गरि सरकारलाई चुनौती दिएका छन् । तर, सरकार भने यस बिषयमा मौन देखिन्छ । कोरोना संक्रमणका कारण यतिबेला देश नै प्रभावित भएको छ । हजारौ व्यतिmहरु कोभिडसंग लडिरहेका छन् ।

३ सय भन्दा धरैले ज्यान गुमाइसकेका छन् । कयौ मानिस संक्रमित भएका छन् । कतिले त परिक्षण नै नपाई ज्यान गुमाउनुपर्ने अवस्था पनि आएको छ । विभिन्न समस्याका कारण नागरिकले कोरोना परिक्षण गर्न पाउने अधिकारबाट समेत बञ्चित हुदै आइरहेका छन् । यसबाट सबै भन्दा धेरै न्युन आय स्रोत भएका व्यतिmहरु मारमा परेका छन् । तर, सरकारले भने यस्तो अवूस्थामा समेत सुहिलयित मुल्यमा जनतालाई स्वास्थ्य सेवा समेत प्रभाह गर्न सकिरहेको छैन । देशमा संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारले परिक्षण गर्ने शुल्क घटाएर ४४ सयमा ल्याएको थियो । तर, न्युन आय भएकाहरुलाई यति रकम खर्चेर परिक्षण गर्न पनि आकासको फल आँखा तरी मर भएको छ ।

सरकारले नै निर्धारण गरेको मुल्य अनुसार देशका सरकारी अस्पतालहरुमा सोही मुल्यमा परिक्षण भइरहेको छ । तर, निजि अस्पतालहरुमा भने फरक फरक मुल्यमा पिसिआर परिक्षण भइरहेको छ । तर, नीजि अस्पतालहरुले भने देशैभर सरककारले तोकेको मूल्यभन्दा सस्तो दरमा पिसिआर टेष्ट गरी सरकारलाई नै चुनौती दिइरहेका छन् । सरकारले ४४ सयमा परिक्षण गर्न निर्देशन दिएको अवस्थामा त्यसभन्दा आधा मूल्य कममा पिसिआर परिक्षण गर्नु सरकारकै लागि चुनौतिको विषय बनेको छ । यस्तो अवस्तामा सरकारले जनताको जिवन रक्षामा जुट्नुपर्ने बेलामा देशका सरकारी अस्पतालबाट नै जनताले सास्ति भोग्नु परिरहेको छ । यसरी सरकारले गर्ने पिसिआर टेष्ट नीजिले भन्दा महङ्गो भएसँगै सरकारले खरिद गरेका किट र सरकारी बजेट दुरुपयोग भएको हो कि भन्ने आशंका सर्वत्र उठेको छ ।

ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन १ हजार ४ सय ४५ जनामा संक्रमण

Previous article

नेकपामा अबदेखि प्रचण्ड कार्यकारी अध्यक्ष, चैतमा महाधिवेशन,नेपाल असन्तुष्ट

Next article

You may also like