देश/दुनियाँप्रमुख समाचारब्रेकिंग न्युजराजनीतिसमाचार

कांग्रेस विवाद: कसरी बस्लान् रामचन्द्र पौडेल अनसन

0

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै जाँदा सभापति देउवा पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको अन्तरद्धन्द्ध थप बढ्न थालेको छ । पछिल्लो समय देउवाले पार्टीका विभागमा गरेको मनोनयनलगायतका विषयलाई एजेण्डा बनाएर देउवाविरुद्ध पौडेल पक्ष वारपारको संघर्ष गर्ने योजनामा पुगेका छन् । शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराल, नेता शेखर कोइरला, महेश आचार्य, अर्जुननरसिंह केसी, गुरुराज घिमिरेलगायतका नेताहरुले भर्चुअल माध्यमबाट बैठक गरेर देउवाका स्वेच्छाचारी कामकारबाही विरुद्ध निर्णायक कदम चाल्ने निष्कर्ष निकाले ।

पौडेल समूहका नेताहरुको निष्कर्ष थियो, आफूलाई कांग्रेसभित्रको बैकल्पिक शक्तिका रुपमा दाबी गर्ने कृष्ण सिटौला समूहलाई समेत साथमा लिएर देउवाको एकलकाटे चरित्र बिरुद्धको प्रचार प्रसार अभियान तीव्र बनाउनेदेखि अनशन बस्नेसम्मको तयारीमा जुट्ने । संस्थागत निर्णयमा चल्न भन्दै पटकपटक औपचारिक अनौपचारिक रुपमा ध्यानाकर्षण गराए सुनुवाइ नभएको निष्कर्षमा पुगेका नेताहरुले अन्तिम मौका भन्दै सभापति देउवालाई गल्ति सच्याउन एक हप्ते अल्टिमेटम दिएका छन् ।

कतिपय नेताहरु भने सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच अन्तरद्धन्द्धलाई भागबण्डा नमिल्दाको लडाइ भनिरहेका छन् । पार्टी समायोजनलाई निर्धारित कार्यतालिका अनुसार अघि बढाउन नसकेको, क्रियाशील सदस्यता वितरण मनलाग्दी ढंगले गरेको, विधानले तोेकेको समय घर्केपछि महाधिवेशनलाई प्रभावित पार्न विभाग गठन गरेको, भातृ तथा सुवेक्षक संगठनमा पनि आफू अनुकुल व्यक्तिलाई स्थान दिएको आरोप पौडेल पक्षको छ । नेताहरु सभापतिको स्वच्छाचारिता बढी नै देखिएको भन्दै पार्टी नीति र पद्धती भत्काउने शिर्ष नेताहरु सबै सच्चिनुपर्ने बताउँछन् ।

सभापति शेरबहादुर देउवाले पार्टीलाई स्वइच्छाचारी रुपमा चलाएको आरोप भर्खरै मात्र लागेको होइन् । १३ औँ महाधिबेशनमा हारेपछि ६०/४० को भागबण्डामै पार्टी चलाउन उक्साउने वरिष्ठ नेता पौडेलले महाधिवेशन लक्षित एजेण्डका रुपमा महामन्त्री कोइराला सहितका नेताको साथ लिएर मोर्चाबन्दी गरेको समेत कतिपय नेताहरुको आरोप छ ।

फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा तोकिएको १४ औं महाधिवेशनमा संस्थापन इतर समूहबाट पौडेल, शशांक, शेखर, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला सभापतिको आकांक्षीका रुपमा देखिदा संस्थापन पक्ष सभापति देउवा स्वयम्, उपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ सभापतिको दाबेदार छन् । बिवाद र अन्तरकलहकै बीच महाधिबेशनले नयाँ नेतृत्व पाउँछ वा सभापति देउवाले भनेजस्तै महाधिबेशन अघि नै प्रश्न उठाइएका नियुक्ति सच्चिन्छन्, यसका लागि कुर्नैपर्ने हुन्छ ।

कहिले रोकिन्छ सेतो मलमा कालो खेल ?

Previous article

बिदेशदेखि स्वदेशसम्म ठगिदैं छन् नेपाली, उद्धारको नाममा कमाउ धन्दा

Next article

You may also like