प्रमुख समाचारब्रेकिंग न्युजसमाचार

कोरोनाबाट मृत्यु हुने ब्यक्ती बढी कुन समुहका

0

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुग्दा कोरोनाबाट पहिलो व्यक्तिको मृत्यु भएको थियो । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको जेठ ३ गते मृत्यु भएको थियो । भदौ १३ गतेसम्म आइपुग्दा संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ भने मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ । मृत्युदर केलाउँदा ८० वर्षभन्दा माथिका संक्रमितको मृत्युदर धेरै छ । अहिलेसम्म संक्रमितमध्ये ८० वर्षमाथिका एक सय आठ जना छन्  । उनीहरूमध्ये ११ जना अर्थात १० प्रतिशतको मृत्यु भएको छ । त्यस्तै ६० देखि ८० वर्षसम्मका एक हजार तीन सयभन्दा धेरै जना संक्रमित भएका छन् । यो उमेरसमूहका संक्रमिमध्ये ६६ जना अर्थात ५ प्रतिशतको मृत्यु भएको छ ।

४० देखि ६० वर्ष उमेरसमूहका सात हजारभन्दा धेरै जना संक्रमित हुदा ८० जना अर्थात १ दशमलव १३ प्रतिशतको मृत्यु भएको छ । सबैभन्दा बढी संक्रमित २० देखि ४० वर्ष उमेरका छन् । यो समूहमा २२ हजारभन्दा धेरै संक्रमित हुँदा २९ जनाको मृत्यु भएको छ  । नेपालमा काम गर्न सक्ने उमेरका युवाहरु भारत गएका र त्यहाँबाट फर्किदा संक्रमित भएको हुनाले यस्तो तथ्याङ्क आएको जनस्वास्थ्यविद् पाण्डे बताउँछन् ।

यसैगरी १० देखि २० वर्ष उमेर समूहका चार हजार तीन सयभन्दा धेरै संक्रमित हुँदा शुन्य दशमलव ११ प्रतिशतको मृत्यु भएको छ । त्यस्तै १० वर्षभन्दा मुनिका करिब एक हजार चार सय बालबालिका संक्रमित भएकोमा चार जना अर्थात शून्य दशमलव २९ प्रतिशतको मृत्यु भएको छ । उमेरअनुसार मृत्युदर हेर्दा रोगप्रतिरोधी क्षमता बढि भएका उमेर समुहको मृत्युदर कम देखिन्छ । तर संक्रमण भने रोगप्रतिरोधी क्षमता बढि भएको उमेर समुहका व्यक्तिमा नै धेरै देखिएको छ । संक्रमितमध्ये ३० हजारभन्दा धेरै पुरुष र करिब ८ हजारबढी महिला रहेका छन् ।

मास्कले कत्तिको रोक्छ कोरोना संक्रमण ?

Previous article

उपत्यकामा २९८ सहित देशभर ८९९ जनामा कोरोना संक्रमण

Next article

You may also like