देश/दुनियाँब्रेकिंग न्युजराजनीतिसमाचारस्वास्थ्य

बढ्दै स्वास्थ्यकर्मीमाथि दुर्ब्यवहार, कानुनी कारवाहीका लागि गृहको पत्राचार

0

काठमाडौं । काठमाडौंको बानेश्वरमा टोलसुधार समितिको नाममा एउटा भिडले स्वास्थ्यकर्मी बसेको होस्टेल घेर्यो । स्वास्थ्यकर्मीले टोलमा कोरोना भाइरस फैलाउने भन्दै उनीहरुले होस्टल सञ्चालक र स्वास्थ्यकर्मीलाई दुर्ब्यवहार गरे । केही समयअघि कोरोना संक्रमण भएर आफनै घरको आइसोलेशनमा बसिरहेका चितवनका एक जना डाक्टर बसेको घरमा छिमेकीहरु ब्यानर टाँग्न पुगे । स्वास्थ्यकर्मीको घर जाने बाटो र घरमा समेत ब्यानर राख्न आएपछि आफूले अपमानित महशुस गरेको डाक्टरले बताउँदै आएका छन् । कतै कोठा भाडामा लिएर बसेका स्वास्थ्यकर्मी कोठाबाट निकालिएका त कतै स्वास्थ्यकर्मी हिँड्ने बाटोमा अवरोध सिर्जना गरेका खबरहरु दिनदिनैजसो बाहिर आइरहेका छन् । आफ्नो समुदायमा रहेका डाक्टरहरुसँग संक्रमणबाट जोगिन र संक्रमण भइहालेमा के गर्ने भन्ने बारेमा सल्लाह लिनु त परकै कुरा उनीहरुलाई बाटो हिँड्न समेत रोक्ने गतिविधि बढिरहेका छन् । त्यो नै दुर्भाग्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले बताए ।

एकातिर कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ । संक्रमण नियन्त्रणका भएका प्रयात्नहरु विस्तारै कमजोर सावित हुँदै गएका छन् । भेन्टिलेटर र आइसीयूको अभाव मात्र होइन हामीकहाँ अब स्वास्थ्यकर्मी समेतको अभाव महसुस हुन थालेको छ । यस्तो अवस्थामा कोभिड संक्रमणको विरुद्ध अग्रमोर्चामा खटिरहेका स्वास्थ्यकर्मीहरूको उल्लेख्य संख्या आफैं संक्रमणको चपेटामा परेका छन् । आफ्नो ज्यान पीपीइ र मास्कको जिम्मा लगाइ दिनरात कर्मक्षेत्रमा जुटिरहेका स्वास्थ्यकर्मीलाई डेरा समेत नदिने, डेरा नदिन घरभेटीलाई धम्क्याउने जस्ता अमानवीय हर्कत देखिन थालेका छन् । बारम्बार स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न सरकारले निरन्तर अपिल गरिरहेको अवस्थामा राजधानीमै चिकित्सकमाथि दुव्र्यवहार भएपछि चौतर्फी विरोध भइरहेको छ । यसमा वडाध्यक्ष समेत सामेल हुनुले थप समस्या पैदा गरेको छ ।

स्थानिय र वडा अध्यक्षलाई समेत खबर नदिई होस्टल संचालकले स्वास्थ्यकर्मीलाई क्वारेन्टिमा राखेको त्यस क्षेत्रका स्थानियको आरोप छ । कारण जेसुकै भए पनि स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार हुनलाई कसैले पनि उचित ठानेको छैन । स्वाथ्यकर्मीमाथि गरिएको यो दुर्व्यवहार विवेकशून्य र घोर अमानवीयताको पराकाष्ट हो । यस्ता हर्कतको जति भत्र्सना गरे पनि कमै हुन्छ । संक्रमणबाट आफू जोगिने र अरुलाई जोगाउने सबैभन्दा सचेत तप्का नै स्वास्थ्यकर्मीहरू हुन् । त्यो सचेतता कायम राखेर सुनिश्चित घरमा आवास गरिरहेका स्वास्थ्यकर्मीलाई कोरोना सर्छ भन्दै लखेट्न खोज्नु, धम्की दिनु पशुवत व्यवहार हो ।

स्वास्थ्य मन्त्रालयले तत्काल चिकित्सकहरुलाई दुर्ब्यवहार गर्ने मनबोल कमजोर बनाउने खालका गतिबिधि गर्नेलाई कारवाही गर्न आग्रह गरेपछि गृहमन्त्रालयले समेत कारवाही गरिने बताएको छ । यो समय भनेको सबै एक जुट हुँदै कोरोना बिरुद्ध लड्नु हो । स्वास्थ्यकर्मीले दिएको सेवालाई थप प्रभावकारी बनाउन साथ र सहयोग गर्ने बेला हो । कुनै पनि किसिमको भेदभाव गर्नेमाथी राज्यले कारवाहीको दायरामा ल्याउनुपर्छ । कोरोना संक्रमणलाई नियन्त्रण गरी कोरोनामुक्त देश बनाउनु छ भने सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका समस्यालाई समुचित सम्बोधन गर्नेतर्फ प्राथमिकता दिनु आवश्यक छ । उनीहरूलाई समस्याग्रस्त, असुरक्षा, मानसिक र शारीरिक तनावबाट मुक्त राख्न हरसम्भव प्रयत्न गरिनुपर्छ ।

एकैदिन काठमाडौं उपत्यकामा २२४ सहित ७४३ जनामा कोरोना संक्रमण पुष्टि

Previous article

कारागारका कैदी बन्दीमा कोरोना संक्रमण,दोब्बर तेब्बर राख्दा झनै् जोखिम

Next article

You may also like