देश/दुनियाँब्रेकिंग न्युजसमाचारस्वास्थ्य

एकैदिन उपत्यकामा २१६, देशभर ६३४ कोरोना संक्रमित थपिए, ९ जनाको ज्यान गयो

0

काठमाडौं । नेपालमा एकैदिन ६ सय ३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै थप २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ सय ६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७ सय ५ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ३ हजार ९ सय १६ जना रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा १ सय ३६ जना निको भएका छन् । यस्तै निको हुनेको कुल संख्या १८ हजार ३ सय ५० पुगेको छ ।

एकै दिन कोरोनाबाट ९ जनाको मृत्यु भएको छ । सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएको हो । यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।

संबैधानिक आयोगमा ओली, प्रचण्ड र देउवाको दाउ, भागबण्डा नमिल्दा अल्झियो बर्षौदेखि नियुक्ति

Previous article

एकैदिन ८१८ संक्रमित थपिदा उपत्यकामा मात्रै १६६, तीन जनाको मृत्यु

Next article

You may also like