प्रमुख समाचारब्रेकिंग न्युजराजनीतिसमाचार

नेपाल रेडक्रसमा अनियमितता गर्ने पूर्वपदाधिकारीलाई होला त कारवाही ?

0

काठमाडौं । बिगत डेढबर्षदेखि नेपाल रेडक्रसभित्र झांगिएको मनोमानी र बारम्बार दाताको अनुदानमा हुँदै आएको आर्थिक हिनामिनाबारे अझै छानविन हुन सकेको छैन् । बल्लतल्ल चौतर्फी दवाव बढेपछि जिल्ला प्रशासन कार्यालय, संसदीय समिति र समाज कल्याण परिषद्को बारम्बारको अनुसन्धान र छानविनबाट समेत रेडक्रसमा पदाधिकारीको मनोमानी र आथिक अनियमितता भएको देखिएपछि नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति सरकारले भंग गरेको छ । सञ्जिव थापा सभापति रहेको कार्यसमिति भंग गरेर मोरङ सिजुवाका नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय तदर्थ समिति गठन भएको छ ।

सरकारलाई जानकारी नदिई १६ अर्ब रुपैयाँ विदेशी सहायता लिएको, भक्तपुरस्थित गोदाम घरका लागि खरिद गरिएको जग्गामा आनियमतता गरेको, रक्तसञ्चार केन्द्रको भवन निर्माणमा अनियमितता गरेको रेडक्रसको केन्द्रीय कार्यालय, शाखा र उपशाखाको चल–अचल सम्पत्तिको दोहन गरी अनियमितता गरेको, समाज कल्याण र जिल्ला प्रशासनको निर्देशन पालना नगरेको, विधान तथा कानुन विपरीत काम गरेको, पदाधिकारीले आफ्नो पारिश्रमिक लिएको आरोप सहित सरकारले थप अनुसन्धानका लागि कार्यसमित भंग गरेको बताइएको छ । समाज कल्याण परिषद् ऐन, ०४९ अनुसार गैरसरकारी संस्था भंग भएको तीन महिनाभित्र नयाँ निर्वाचन गरिनुपर्ने व्यवस्था छ ।

तीन बर्षभित्र महाधिबेशन गर्ने, रेडक्रसको कानुन बनाउने, संघीय संरचनामा रेडक्रसलाई लैजाने, अन्तरिक विधान बनाउने जिम्मेवारी पाएको ३३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । हुनत् २०७६ जेठ ६ मा समेत अनियमितता र पदाधिकारीले मनोमानी गरेको पाइएपछि रेडक्रसको केन्द्रीय कार्यसमिति विघटन गरेर तदर्थ समिति गठन गरिएको थियो । तर सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रशासनको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि उक्त तदर्थ समिति भंग भएर सञ्जिव थापा नेतृत्वकै समिति रेडक्रसमा फर्किएको थियो ।

अदालतको फैशलाको बलमा नीति र नियम बिपरित मनलाग्दी गर्दै आएको यो नेतृत्व रेडक्रसमा फर्किएपनि २०७५ चैतमा हुनुपर्ने निर्वाचन गर्न चासो दिएन । बरु २० देखी ४० बर्षसम्म विधान विपरित काम गर्दै आएका जिल्लाका सभापति, सचिवहरुको सिण्डिकेट कायमै रह्यो । रेडक्रसको चल अचल सम्पत्ति, दाताहरुको सहयोगमाथीको खेलवाड अनि रेडक्रसकै पहिचानको आडमा विदेशी दातृ निकाय तथा व्यक्तिसँग आफ्नो स्वार्थ अनुकुल व्यक्तिगत सहयोग लिने संस्कारले निरन्तरता पायो । रेडक्रसलाई दर्ता प्रक्रियामा समेत नलगेर थापा नेतृत्वको कार्यसमितिले अबैधानिक बनाएको थियो ।

सरकारले आर्थिक अनियमितता तथा रेडक्रसको श्रोत साधनको अपचलन र कानुन मितेको आरोपमा १० बुँदे स्पष्टिकरण सोध्दा समेत समाज कल्याण परिषदलाई दोष देखाएर पदाधीकारीहरु कारबाहीबाट पन्छिन खोजेका थिए । अनियमितता र मनोमानी पुष्टि गर्ने विभिन्न समयका अनुसन्धान र चित्तबुझ्दो प्रष्टिकरण नआएका कारण महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको पहलमा थापा नेतृत्वको कार्यसमिति भंग गर्दै निर्वाचन गररेर नयाँ पदाधिकारी चयन गर्ने, संस्थालाई प्रदेश संरचना अनुसार व्यवस्थित गर्ने र शुद्धिकरण गर्ने गरी तदर्थ समिति गठन गरेको बताइएको छ । रेडक्रसको विधानअनुसार ०७५ मै अहिलेको कार्यसमितिको पदावधि सकिएपनि पछि एक वर्ष बढाएर ०७६ सम्म कार्यकाल पुर्याइएको थियो । तर नेतृत्वले त्यसपछि पनि अधिवेशन नगरेर हालिमुहाली चलाउँदै आएको थियो ।

रेडक्रसको बेथितिबारे पटकपटक उजुरी परेपछि सरकारको आग्रहमा योजना आयोगले विशेष छानबिन समिति बनाएर अध्ययन गर्दा समेत रेडक्रसले करिब १६ अर्ब रुपैयाँ सरकारलाई थाहै नदिई कानुनविपरीत खर्च गरेको खुलेको थियो, स्रोत परिचालनमा करोडौँ अनियमितता गरेको पाइएको रेडक्रसमाथी समाज कल्याण परिषद्, जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायतले पटक–पटक गरेको छानबिनमा समेत विद्यमान कानुन उल्लंघन गर्दै दाताबाट आएको सहयोग अपारदर्शी ढंगले खर्च गरेको ठहर भएको थियो ।

परोपकारी संस्थाका अध्यक्ष, महामन्त्री, कोषाध्यक्ष र उपमहामन्त्रीलगायतका पदाधिकारीले नियमविपरीत तलब बुझ्ने गरेको तथा पदाधिकारीहरूले नगद मात्रै नभएर संस्थाको भौतिक सम्पत्तिसमेत दुरुपयोग गरेको पाइएपछि समाज कल्याण परिषद्की कानुनी सल्लाहकार निशा बानियाँ नेतृत्वको छानबिन समितिको प्रतिवेदनले नै रेडक्रसको कार्यसमिति अवैधानिक भएको भन्दै तत्काल भंग गर्न सरकारलाई सिफारिस गरेको थियो । तर अनियमितता र मनोमानीको अखडा बनेको रेडक्रस र त्यसका पदाधिकारीमाथी पटक पटक छाविन भएपनि कारबाही गर्ने हिम्मत कसैले गरेका थिएनन् । ठूलो आर्थिक अपचलनमा अनुसन्धान गर्ने निकायले समेत हिस्सा खोजेर कारबाहीबाट बचाउँदै आएको आरोप लाग्दैगर्दा पुरानो कार्यसमिति बिघठन गरेर नयाँ तदर्थ समिति गठन भएको छ । मनोमानी र ठूलो आर्थिक चलखेल गरेको अभियोग लागेका निवर्तमान रेडक्रस पदाधिकारीमाथी कस्तो अनुशन्धान र कारबाही हुन्छ । यो भने हेर्न बाँकी नै छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो, संक्रमित १९ हजार २ सय ७३

Previous article

दोब्बरदेखि तेब्बरसम्म बढ्यो तरकारीको मुल्य

Next article

You may also like