प्रमुख समाचारब्रेकिंग न्युजराजनीति

त्रिभुवनविश्व बिद्यालयका बिभिन्न कार्यकक्षका एक ढोकामा तीन वटा ताला

0

काठमाडौं । मुलुकको सबैभन्दा जेठो सरकारी विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा कुनै न कुनै बाहनामा बिरोध प्रदर्शन र तालाबन्दी हुनुलाई त स्वभाबीक रुपमै लिने गरिन्छ । कोरोना पछिको लकडाउनका कारण शैक्षिक क्यालेण्डर के हुन्छ ? विद्यार्थीह्रुले कसरी आफ्नो भबिष्य सुनिश्चित पार्छन् भन्ने अन्यौलता कायमै भईरहेको छ । यस्तो अवस्थामा पनि बिभिन्न संघ संगठनहरुले भने आ–आफ्ना छुटटा–छुट्टै माग राखी त्रिभुवन विश्वविद्यालयमा ताला माथि ताला लगाई आन्दोलन चर्काई रहेका छन् । यतिबेला त्रिभुवन बिश्वविद्यालय उपकुलपतिको कार्यालय, रेक्टर कार्यालय, रजिष्टारको कार्यालय र त्रिबि सेवा आयोगको कार्यालयमा तालाबन्दी छ ।

ताला पनि एउटा मात्रै होईन तिन–तिनवटा ताला कार्यालय प्रबेशद्धारको मुख्य गेटमै लगाईएका छन् । नेपाल विद्यार्थी संघ, नेपाल प्रजातान्त्रिक प्राध्यापक संघ , राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले छुट्टा–छुट्टै माग राखी तालाबन्दी गरेका हुन् । आन्दोलनमा रहेका संघ संगठनहरुले बिश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले विश्वविद्यालयका पदाधिकारी तथा प्राज्ञिक नेतृत्वको छनोट र नियुक्तिमा पारदर्शीता नअपनाएको र प्राज्ञिक थलोलाई राजनितीकरण गरेको लगायतका आरोप लगाउदै अनिश्चितकालीन तालाबन्दी गरेका हुन ।

तालाबन्दीको कारण साउन ५ गतेदेखि बिश्वविद्यालयको प्रशासनीक काम पूर्ण रुपमा ठप्प भएको छ । नेपाल विद्यार्थी सघं, प्रजातन्त्रवादी प्राध्यापक सघंले साउन ४ गते र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले साउन ११ गते ताला लगाएका थिए । त्रिविमा पदाधिकारी नियुक्ति गर्दा मनपरी गरेको, क्याम्पस प्रमुख नियुक्त गर्दा पनि दलीय भागबण्डाका आधारमा गरीएको, त्रिवि सुधारका लागि विगतका प्रतिबद्धता पूरा नगरेको लगायतका ३३ बुदे माग सहित तालाबन्दी गरेका हुन् । यता नेपाल विद्यार्थी सघंले भने आफ्ना मागहरुको बिश्वविद्यालय प्रशासनले कुनै सम्बोधन नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बताएका छन् ।

तालाबन्दीका कारण त्रिभुवन बिश्वविद्यालयका बिभिन्न बिभागका ३ सय ५० जना कर्मचारी काम बिहिन बनेका छन् । तालाबन्दी गर्ने समूहका माग प्रति छलफल भैइरहेको त्रिवि प्रशासनले जनाएको छ । लामो समयको बन्दाबन्दीको मारमा शिक्षा क्षेत्र परिरहेको बेला बार्ता र संवादको माध्यमवाट समस्याको समाधान खोज्नु अहिलेको आवश्यकता हो । कोरोनाले अन्यौलग्रस्त बनेको पढाई, परिक्षा, शैक्षिक–सत्र लगायतलाई तत्काल सुचारु गर्नु जरुरी छ । उचित माग छन् भने त्रिभुवन बिश्वविद्यालय प्रशासनले तत्काल आन्दोलीत पक्षसँग बार्ता गरी निष्कर्ष निकाल्दै त्रिबिमा लगाईएका तालाहरु खोलीनु पर्दछ ।

देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने, सर्तकता अपनाउन मौसमविदको आग्रह

Previous article

कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो, संक्रमित १९ हजार २ सय ७३

Next article

You may also like