प्रमुख समाचारब्रेकिंग न्युजराजनीतिसमाचार

अयोध्याबारे प्रधानमन्त्रीको बचाउमा परराष्ट्र मन्त्रालय, ओलीको अभिब्यक्ती राजनीतिक होइन

0

काठमाडौं । परराष्ट्रमन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे स्पष्टीकरण दिएको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ । प्रधानमन्त्रीको भनाइप्रति नेपालभित्र अझ विशेष गरी आफ्नै पार्टी नेकपाभित्र आलोचना भएपछि सरकार प्रधानमन्त्रीको भनाइको परराष्ट्र मन्त्रालयमार्फत स्पष्टीकरण दिन बाध्य भएको हो । ओलीको विवादास्पद र निम्नस्तरको बोलीले नेपाल र भारतको सम्बन्धमा अपुरणीय क्षति पुगेको भन्दै आलोचना भएपछि र पार्टीभित्रै सच्याउन दबाब परेपछि सरकारको यो प्रष्टीकरण आएको हो ।

प्रधानमन्त्रीले भानुभक्त जयन्तीको अवसरमा बालुवाटारमै आयोजित कार्यक्रममा अयोध्या नेपालमै पर्ने र भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति सोमबार दिएका थिए । यद्यपि परराष्ट्र मन्त्रालयले मंगलबार थप अध्ययन र अनुसन्धानको खाँचोमात्र प्रधानमन्त्रीले औंल्याएको जिकिर गरेको छ । प्रधानमन्त्रीको अभिव्यक्ति कुनै राजनीतिक उद्देश्यका साथ नआएको र कुनै देश र देशवासीको भावनामा चोट पु¥याउन व्यक्त नगरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले विवाह पञ्चमी मनाउने परम्पराको स्मरण गर्दै हरेक वर्ष भारतको अयोध्याबाट सीताको जन्मभूमि जनकपुर जन्ती आउने उल्लेख पनि आफ्नो विज्ञप्तिमा गरेको छ ।
यस्तो छ परराष्ट्रको विज्ञप्ति
प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २ सय ७ औं जन्म जयन्ती समारोहका दौरान दिएको अभिव्यक्तीको धेरै तरिकाले व्याख्या भएकोप्रति परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा यी विषयमा परराष्ट्र मन्त्रालय स्पष्ट पार्न चाहन्छ–
१ प्रधानमन्त्रीले दिएको अभिव्यक्ती कुनै राजनीतिक विषयसँग जोडिएको छैन र कोही कसैको भावना र संवेदनामा चोट पुर्याउने नियत होइन ।
२ श्री राम र उनीसँग जोडिएका स्थानहरुका विषयमा विभिन्न किंवदन्ती र उदाहरण रहिआएकोमा प्रधानमन्त्रीले श्री रामबारे तथ्य हासिल गर्नका लागि रामायणले प्रतिनिधित्व गर्ने बृहद सांस्कृतिक भूगोल, रामायण र समृद्ध सभ्यतासँग जोडिएका विभिन्न स्थानबारे थप अध्ययन र अनुसन्धानको महत्वबारे प्रकाश पार्न खोज्नुभएको थियो ।
३ अयोध्याको महत्व र यसले बोक्ने सांस्कृतिक मूल्य कम गर्न लागि यस्तो अभिव्यक्ती आएको थिएन ।
ध्यान दिन जरुरी छ कि नेपालमा हरेक वर्ष विवाह पञ्चमी मनाउने परम्परा छ, जहाँ भारतको अयोध्याबाट नेपालको जनकपुरमा जन्ती आउँछन् । मेइ २०१८ मा नेपाल र भारतका प्रधानमन्त्रीले रामायण सर्किट शुभारम्भ गरेका छन्, जसअन्तर्गत जनकपुर–अयोध्या यात्रुवहाक बस सेवा महत्वपूर्ण पक्ष हो । यी तथ्यहरुले हाम्रा दुई देश र जनताबीचको प्रगाढता दर्शाउँछ ।

सरकारी कार्यालयमा मदिरा डान्स, हाकिम भन्छन् जुस खाएको

Previous article

देशभर बन फडानी, उजाड बन्दैं सामुदायिक र साझेदारी बन

Next article

You may also like