काठमाडौं । नेपालमा शुक्रबार थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौँ उपत्यकामा ४२ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ सय १८ सहित कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६ सय ४९ जना पुगेको छ । शुक्रबार १ सय २० जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ८ हजार ११ पुगेको छ ।
विगत २४ घण्टामा २५ वटा प्रयोगशालाबाट ४ हजार ८ सय ६ जनाको पीसीआर परीक्षण भएका छन् । त्यस्तै, क्वारेन्टिनमा २३ हजार ९ सय १० जना रहेका छन् भने आइसोलेसनमा ८ हजार ६ सय ३ रहेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेपनि देशभर संक्रमितको संख्या घटिरहेको छ ।