काठमाडौं उपत्यकामा बढ्यो जोखिम, एकै दिन ५४ जनामा कोरोना पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ । सोमबार मात्रै काठमाडौं, भक्तपुर र ललितपुर गरी ५४ जनामा कोरोना भाइरस भेटिएको हो । काठमाडौंका २४, ललितपुरका २० र भक्तपुरका १० जनाको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । उपत्यकाभन्दा बाहिर रहेका र विदेशबाट स्वदेश फर्कनेको संख्या बढेसँगै उपत्यकामा संक्रमितको संख्या पनि बढ्न थलेको हो ।
विभिन्न मुलुकमा अलपत्र परेकाको उद्धारमा खटिएको नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण फेला परेको छ । त्यसमध्ये ३ जना पाइलट र ११ जना क्याविन क्रुका कर्मचारी रहेको नेपाल वायुसेवा निगमले जनाएको छ । उनीहरु अलपत्र परेकाको उद्धारमा खटिएका थिए ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । उनीहरुमध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ८ सय ११ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २ सय ६४ रहेको छ । डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ८ सय ११ पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना भाइरस
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्