लकडाउनलाई निरन्तरता, साउन ७ गतेसम्म यथावत
काठमाडौं । सरकारले हाल जारी खुकुलो लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यस्तै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म लम्ब्याउन निर्णय भएको छ ।
कोरोना संक्रमणदर बढ्दै गएकाले अहिलेलाई यही शैलीको लकडाउनलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिएको छ । चैत ११ गतेदेखि लागू गरेको लकडाउन सरकारले असार १ देखि लागू हुनेगरी खुकुलो बनाएको थियो । अहिले निजी सवारीसाधन जोर विजोर प्रणालीबाट सञ्चालन भइरहेका छन् भने सार्वजनिक सवारीसाधन तथा उद्दारबाहेकका हवाई उडान बन्द छन । त्यस्तै सीमित बजार पसलहरु सञ्चालन भएपनि भीडभाड हुने सिनेमा हल, सपिङ मल, शैलुन, पार्लर, विद्यालयजस्ता क्षेत्रहरु बन्द छन । लकडाउनलाई क्रमिक रुपमा खुकुलो बनाउँदै जानेगरी यसअघि सरकारले विभिन्न चरणका योजनाहरु सार्वजनिक गरेको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #खुकुलो लकडाउन
ताजा खबर
- १आशिका तामाङ प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ चुनाव लड्ने
- २पुस २० भित्र प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन
- ३जसपा नेपाल र लोसपाबीच एकता गर्ने निर्णय
- ४जेनजी विद्रोहीलाई अपराधी करार गर्न खोज्दै छिन् प्रधानमन्त्रीः विप्लव
- ५इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने



तपाईको कमेन्ट लेख्नुहोस्