एकै दिन ५३५ संक्रमित भेटिदा ३७० जनाले जिते कोरोना
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर देवकोटाले सो जानकारी दिएका हुन् । जसमध्ये ७४ महिला ४ सय ६१ जना पुरुष रहेका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । जसमा ८ सय ९४ महिला र ८ हजार ६ सय ६७ जना पुरुष छन् । योसँगै बाग्मती प्रदेशको रसुवा बाहेकका जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।
एकै दिन ३ सय ७० जनाले जिते कोरोना
सोमबार ३ सय ७० जनाले कोरोना भाइरसलाई जितेका छन् । कोरोना विशेष अस्पताल रुपन्देहीबाट ६ जना, प्रादेशिक अस्पताल सुर्खेतबाट ६ जना, कालीकोट अस्पतालबाट २८ जना, दैलेख अस्पतालबाट २ सय ६५ जना, सल्यान अस्पतालबाट ३७ जना, नारायणी अस्पतालबाट ११ जना र धादिङ अस्पतालबाट १७ जना गरी ३ सय ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमा ३२ महिला र ३३८ पुरुष रहेका छन् । योसहित हालसम्म २ हजार १ सय ४२ व्यक्तिले कोरोना जितेका छन् । जसमा १६१ महिला र १ हजार ९६१ जना पुरुष रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोनाभाइरस
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्