लद्दाखमा चीन–भारतका सेनाबीच भिडन्त चर्कियो,२० भारतीय सैनिकको मृत्यु

काठमाडौं । भारत र चीनको सीमा क्षेत्र लद्दाखमा दुवै देशका सेनाबीच भिडन्त चर्किएको छ । लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको संख्या २० पुगेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग भएको भिडन्तमा घाइते भएका थप १७ जना सैनिकहरूको मृत्यु भएको हो । भिडन्त भएको स्थानमा कर्तव्य पालनाका क्रममा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीअसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको जनाइएको छ ।
चीनको तर्फबाट भारतीय सेनासँग भएको हिंसात्मक भिडन्तमा आफ्ना कति सैनिक हताहत भए भन्नेबारे कुनै विवरण सार्वजनिक भएको छैन । लद्दाखमा भारतले निर्माण गरेको एउटा सडकबारे विवाद उत्पन्न भएको छ । बेइजिङले आफ्नो पक्षमा भएको क्षतिको पुष्टि गरेको छैन । तर भारतीय सेनाले चिनियाँ सैनिकहरू पनि हताहत भएको दाबी गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, विदेश
ट्याग : #लद्दाखमा चीन–भारतका सेनाबीच भिडन्त
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्