प्रमुख समाचारब्रेकिंग न्युजराजनीतिसमाचार

छानविन तथा अनुसन्धान गर्न धेरै टोली पुगे, तर घाइतेको उपचारमा कसैले ध्यान दिएनन्

0

रुकुमपश्चिम । जेठ १० गते बेलुका रुकुमपश्चिम चौरजहारी ८ सोती गाउँमा भएको घटनाका घाइतेहरु उपचार नपाएर छट्पटाई रहेका छन् । ६ जनाको हत्या भएको रुकुम सोती काण्डमा घाइते भएका १२ जना उपचार नपाई छट्पटाएका हुन् । सुरुमा केहीले सामान्य उपचार गराएर घर फर्किएका थिए । तर, घाइतेमध्ये केहीको अवस्था सामान्य भएपनि धेरैको टाउको, अनुहार र छातीमा गहिरो चोट छ । थप उपचारका लागि आर्थिक अवस्था कमजोर भएका उनीहरुको घाउ बल्झिएको छ । स्थानीयले आक्रमण गर्दा गर्दै भागेर ज्यान बचाएका इन्द्रजंग शाह शरिरभरिको चोट देखाउदैं कसैले वास्ता नगरेको गुनासो गर्छन् । इन्द्र मात्रै होइनन, नवराज बिकसँगै सोती गएका अर्का घाइते सुदीप खड्काको अवस्था पनि उस्तै छ । तीन सातासम्म उनीको पनि उपचार गर्ने कुनै ब्यवस्था भएको छैन् । भाग्ने क्रममा हसियाले हानेर घाइते बनाएको घाउ बल्झिन थालेको सदीप बताउछन् । सोती घटना भएको तीन साता पुग्दा पनि उनीहरुको उपचारमा कसैले ध्यान दिएको छैन् । उपचारको सिफारिस तथा समन्वय गर्ने निकाय समेत एक अर्कोलाई दोष देखाउँदै पन्छिई रहेका छन् । घाइतेहरु उपचार नपाएर छट्पटाई रहँदा जाजरकोटका प्रमुख जिल्ला अधिकारी भने बेखबर छन । शरीरमा चोट भएका घाइते उपचारको पर्खाईमा रहेपनि प्रमुख जिल्ला अधिकारी जनकराज पन्त अहिले यो विषयमा बोल्न नमिल्ने भन्दै तर्किन्छन् ।

जाजरकोट प्रशासन रुकुमपश्चिको प्रशासनलाई सोध्न भन्दै जवाफ दिनबाट समेत भागिरहेको छ । जाजरकोट भेरी नगरपालिका ४ का नवराज बिकसहित १९ जना रुकुमपश्चिम चौरजहारी ८ सोती गाउँमा मल्लथरकी केटीलाई लिन पुग्दा वडाध्यक्ष डम्बर मल्लसहित स्थानीयको आक्रमणमा परेका थिए । घटनामा नवराज विक, लोकेन्द्र सुनार, सन्दीप विक, गोविन्द शाही, टीकाराम सुनार र गणेश बुढामगरको हत्या नै भएको निष्कर्ष गृहमन्त्रालयद्धारा गठित छानविन समितिले निकालेको छ । स्थानीय रुपमै पनि छानविन समिति बनाइएको छ भने सांसद देवेन्द्र पौडेलको नेतृत्वमा ९ सदस्यीय संसदीय छानविन पनि बनाइएको छ । समिति पनि घटनाको अनुसन्धान गर्न रुकुम र जाजरकोट पुग्दैछ ।

यो बीचमा राष्ट्रिय मानव अधिकारको टोली लगायत अन्य धेरै संघ संस्था पनि जाजरकोट रुकुम घटना अनुसन्धान गर्ने भन्दै पुगे । तर, घाइतेको उपचारमा कसैले ध्यान दिएनन् । आफनो आँखा अगाडि ६ जनाको हत्या गरेको त्यो दृश्य अनि आफूमाथि गरिएको आक्रमणको घाउ जसले उनीहरुलाई पिडा दिइरहेको छ । घटनाको राष्ट्रिय मात्रै होइन अन्तराष्ट्रिय क्षेत्रमा समेत आलोचना भयो । तर, घाइतेको उपचारका लागि सरकारले कुनै चासो नदिएको उनीहरु गुनासो गरिरहेका छन् ।

सोती घटनामा ३४ जनाविरूद्ध सामूहिक हत्या, जातीय छुवाछुत तथा भेदभाव लगायतको अभियोगमा जिल्ला अदालत रुकुमपश्चिममा मुद्दा दायर भएको छ । सामूहिक हत्या भएको निष्कर्ष सहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो । युवाहरु भाग्दै गरेको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको अनुसन्धानबाट भेटिएको प्रहरीले जनाएको छ । नरसंहार सोती काण्डका दोषीले उन्मुक्ति पाउनुहुन्न र तत्काल घाइतेहरुको उपचारको ब्यवस्था गर्न सरकारको ध्यान पुग्नुपर्छ ।

आज धेरै स्थानमा भारी वर्षा हुने, सर्तक रहन मौसमबिद्को आग्रह

Previous article

मंगलबार थप ३८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्यो

Next article

You may also like