एकै दिन ११ जनामा कोरोना संक्रमण, संक्रमतिको संख्या ४२ पुग्यो

काठमाडौं ९ बैशाख । नेपालमा एकै दिन ११ जनामा कोराना संक्रमण पोजेटिभ देखिएको छ । उदयपुरमा मात्रै मंगलबार ११ जना थप कोरोना संक्रमित ब्यक्ती भेटिएका हुन् । एक जना भने स्वाथ्य मन्त्रालयले पत्रकार सम्मेलनमै जानकारी गराएको थियो । ३३ बर्षिय युवकमा कोरोना देखिएको मन्त्रालयले जनाएको थियो । उदयपुरको भत्केस्थित मस्जिदका १० जनाको विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो । सोही परिक्षणमा पनि पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरका १०० जनाको पीसीआरको लागि नमुना संकलन भएकामा धरानमा परीक्षण भइरहेको छ । योसँगै उदयपुरमा मात्रै कोरोनासंक्रमितको संख्या २४ जना पुगेको छ । त्यस्तै, कैलालीका अमृत शाही कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । उनीको कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो । उनीसँगै नेपालमा कोरोना संक्रमति ५ जना निको भएर घर फर्किएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #कोराना संक्रमण
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्