लकडाउन थप कडा बनाइदैं, दुई घण्टामै समातिए २ हजार बढी
काठमाडौं ३ बैशाख । सरकारले चौथो चरणमा थपिएको लकडाउन अझै् कडा गर्ने भएको छ । बिभिन्न ठाउँमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउन थप कडा बनाउने भएको हो । तेस्रो पटक थपिएको ८ दिनको म्याद आज सकिदै छ । तर, सरकारले मंगलबार १२ दिन थप गरेर बैशाख १५ गतेसम्म पुर्याएको छ । लकडाउन लम्ब्याएपनि लकडाउन उलंघन गर्नेको संख्या बढेपछि थप कडाई गर्न लागिएको हो । काठमाडौंमा बुधबार मात्रै दुई घण्टामै दुई हजारबढी उलंघनकर्तालाई प्रहरीले पक्राउ गरेको छ । कामबिना सडकमा निस्कने र लकडाउन आदेशको उलंघन गर्नेलाई सम्बन्धित स्थलमै नियन्त्रणमा लिने र होल्ड गर्ने अभियानलाई प्रहरीले तीव्रता दिएको छ । राजधानी प्रवेश गर्ने सबै संभावित नाकामा सुरक्षा जाँच र गस्तीलाई थप कडा बनाइएको छ । कारवाही स्वरूप ३ घण्टा बाटोमै होल्ड गरिएको छ । खासगरी बिहान बेलुका तरकारी किन्न तथा फ्रेश हुन भन्दै मानिसहरु सडकमा आउने प्रवृत्ति बढेपछि प्रहरीले यस्तो अभियान थालेको हो । उपत्यकाका मुख्य मुख्य चोक कोटेश्वर, जडिबुटी, जगाती, बल्खु, बानेश्वर, कालिमाटी, कलंकी, गौशाला, चाबहिल लगायतबाट लकडाउन उलंघन गर्ने समातिएका हुन्। अन्य दिनमा दिनभरमा हजारदेखि १५ सय समातिने गरेका थिए । उपत्यकामा अहिले तिनवटै सुरक्षा निकायका १५ हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन्।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #hot
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्