देश/दुनियाँब्रेकिंग न्युजविदेशसमाचार

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघ्यो

0

काठमाडौं ३ बैशाख । कोरोना संक्रमणबाट विश्वमा  मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघेको छ । १९ लाख ९८ हजार १ सय ११ संक्रमित भएका छन् । करिब ४ लाख ७८ हजार ६ सय ५९ उपचारपछि निको भएर घर फर्केका छन् ।

अमेरिकामा मृत्यु हुनेको संख्या झनै बढिरहेको छ । एकैदिन २ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा मृतकको संख्या २६ हजार ४७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो बिवरण अनुसार एकैदिन २६ हजार ९ सय ४५ संक्रमित भेटिएपछि कूल संक्रमितको संख्या ६ लाख १३ हजार ८ सय ८६ पुगेको छ । संक्रमितमध्ये १३ हजार ४ सय ७३ को स्थिती चिन्ताजनक छ भने ३८ हजार ८ सय २० निको भएर घर फर्किएका छन् ।

डब्लुएचओलाई अमेरिकाले आर्थिक सहयोग रोक्यो

Previous article

लकडाउन थप कडा बनाइदैं, दुई घण्टामै समातिए २ हजार बढी

Next article

You may also like