विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ८९ हजार पुग्यो

काठमाडौं २७ चैत । विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ८९ हजार पुगेको छ । विश्वभर संक्रमण र मृत्यु दर रोक्ने प्रयासहरु असफल हुन थालेपछि यो स्थिति आइपरेको हो । संक्रमण हुनेको संख्या १५ लाख १४ हजार नाघेको छ भने तीन लाख तीस हजार उपचारपछि निको भइ फर्केका छन् ।
पछिल्लो २४ घण्टामा अमेरिकामा १८ सय ९५ जनाको मृत्यु भएको छ भने बेलायतमा ९ सय ३८ जनाको मृत्यु भएको छ । सोही अवधिमा स्पेनमा ७ सय ४७ जनाको मृत्यु भएको छ भने इटालीमा ५ सय ४२ जनाको ज्यान गएको छ । फ्रान्समा ५ सय ४१ जनाको मृत्यु भएको छ भने जर्मनीमा ३ सय ३३ जनाको ज्यान गएको छ । यस्तै, बेल्जियममा एकैदिनमा २ सय ५ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, विदेश, समाचार
ट्याग : #कोरोना भाइरस
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्