देश/दुनियाँप्रमुख समाचारब्रेकिंग न्युजराजनीतिसमाचार

सभामुख नेम्बाङ की सापकोटा, नेकपामा छनौट गर्न सकस

0

काठमाडौं २४ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपालाई सभामुखको उम्मेदवार छान्न सकस परेको लामै समय भयो । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सभामुख कसलाई बनाउने भन्नेमा सहमति जुटेको छैन । जसले नेकपा त बन्धक बनेको छ नै नेकपाकै कारण संसद समेत बन्धक बनेको छ । बलात्कार मुद्दामा तत्कालिन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नयाँ सभामुख खोजी भएको ३ महिना बित्न लाग्न लाग्यो । तर नेकपाको नेतृत्व नै अनिर्णित हुँदा सभामुख निर्वाचन प्रक्रिया सरेको सर्यै भएको छ । पुष ४ गते सुरु भएको संसदको हिउँदे अधिवेशनले ११ गतेदेखि सभामुख चयन प्रक्रिया सुरु गर्ने कार्यतालिका बनाएको थियो । तर नेकपाले सभामुखको उम्मेदवार तय गर्न नसक्दा ११ गते प्रक्रिया सुरु हुन सकेन र १६ गतेसम्मका लागि संसद बैठक स्थगित भयो । १५ गतेसम्म पनि पुनः उम्मेदवार चयन हुन नसक्दा आगामी २७ गतेसम्मका लागि बैठक स्थगित गरियो । २७ गते नजिकिदै गर्दा पनि अझै नेकपाले सभामुख कसलाई बनाउने भन्ने टुङ्गो लगाउन सकेको छैन । सभामुखको टुङ्गो लगाउने जिम्मा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाललाई दिइएको छ । तर, ओली दाहालले पनि सहमति जुटाउन सकेका छैनन् । सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । ओली र दाहाल अहिलेकी उपसभामुख शिवमाया तुम्बहाम्फेलाई राजिनामा गर्न लगाएर उपसभामुख अरु कुनै दललाई दिने र सभामुख नेकपामा राख्न चाहन्छन् । तर, शिवमायाले आफै सभामुख हुने अडान राख्दै आएकी छिन् । उपसभामुखबाट राजिनामा नआउदा अझै समस्या उत्पन्न भएको छ । सभामुख चयनमा भइरहेको ढिलाइले जनप्रतिनिधिमूलक थलोको मूल्यमान्यतालाई कमजोर मात्र बनाउँदैन । प्रकारान्तरले सरकारलाई संसदमार्फत जनताप्रति उत्तरदायी बन्नबाट पनि रोक्छ । प्रतिनिधिसभा जनआवाज प्रतिविम्बित हुने थलो हो, सांसदहरूले जनताका सवाल संसदमार्फत सरकारसम्म पु¥याउने हो । सभामुख चयन प्रकृयाकै कारण सार्वजनिक महत्वका विषयमा पनि सरकारको ध्यानाकर्षण गराउन पाएका छैनन् ।

इरानले अमेरिकाको रौं समेत झार्न नसक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको जिकिर

Previous article

किन भए त कांस्रेस सभापति देउवा नरम

Next article

You may also like