Techie IT
  • ३० जेठ २०७८, आईतबार
KhojPatrika

किन बढिरहेछ भ्रष्टाचार ?


पछिल्लो समय देशमा ठुला ठुला भ्रष्ट्रचारका काण्डहरु सार्वजनिक भैरहेका छन् । तर, ती काण्डहरुको छानविन र अनुसन्धानको प्रक्रिया भने अनुसन्धानमा पुग्न सकेको छैन । सबै जसो ठुला ठुला भ्रष्ट्राचारका घटना सबै जसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छ । केही भ्रष्टाचारका काण्डहरुमा शिर्षदलका शिर्ष नेताहरु समेत मुछिएका छन् । ती काण्डहरुको विषयमा पनि अख्तियारले छानविन गरिरहेको छ । सरकारले पाँच दशक अघि बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा अख्तियारको अनुसन्धानले तिव्र गति लिएको छ । छानबिन गर्नेक्रममा एक पछि अर्को गर्दै प्रभावशाली र शक्तिशाली व्यक्तिहरु बालुवाटार जग्गा काण्डमा तानिदै गएका छन् । तर अख्तियारले भने कर्मचारीलाई मात्रै अनुसन्धानको दायरामा ल्याएको छ । शक्तिको पहुँच भएका नेताहरुसँग भने बयान लिन सकेको छैन केवल अनुसन्धान भइरहेको जवाफ मात्रै आउने गरेको छ । ठूला काण्डहरु भनेर चिनिएका मेलम्ची खानेपानी आयोजना, नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, वाइडबडी विमान खरिद प्रकरण पनि अुसन्धानकै क्रममा रहेको अख्तियार प्रवक्ता कोइरालाले जानकारी दिए । पछिल्लो समय भ्रष्टाचारका घटना बढिरहेको छ । आर्थिक वर्ष २०७४–७५ मा अख्तियारमा १९ हजार ४ सय ८८ वटा उजुरी परेको थियो । त्यसपछिको आर्थिक वर्ष २०७५–७६ मा उजुरीको संख्या झण्डै ५ हजार बढेर २४ हजार ४८ उजुरी परेको छ । ती मध्ये सबै भन्दा बढी स्थानीय तहको उजुरी मात्र करिव २६ प्रतिशत भन्दा बढी रहेको छ । भ्रष्टाचार गरेको आरोपमा यो आर्थिक बर्ष मात्र २ सय जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । तीमध्ये १ सय ६१ जना राष्ट्र सेवक कर्मचारी २ जना विशिष्ट श्रेणिका कर्मचारी छन् भने २ जना सहसचिव तहका कर्मचारी छन् । त्यसैगरी ७ जना निर्वाचित तथा मनोनित पदाधिकारी र ३२ जना विचौलियाहरु रहेका अख्तियारले जानकारी दिएको छ ।


क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #akhtiyar

तपाईको कमेन्ट लेख्नुहोस्