टुंगो लगाउला त आज नेकपाले जिल्ला इन्चार्ज

काठमाडौं २३ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दैछ । आजको बैठकबाट जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाउने तयारी गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल गर्दै आज टुंगो लगाउने निर्णय गरेको थियो। बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंयो लगाएपछि बाँकी रहेका साङ्गठनिक एकीकरणका अन्य काम र थप कार्य विभाजनका विषयमा छलफल गर्ने बताइएको छ। नेकपाको सचिवालय बैठक केन्द्रीय सदस्यको कार्य विभाजनसँगै जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा मंगलबारदेखि जारी छ। पाटी एकता भएको एक बर्ष पुग्दा समेत नेकपाले तत्लो तहका एकता गर्न सकेको छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #nekapa
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्