प्रधानमन्त्री ओली जेठ २६ गते स्वीट्जरल्याण्ड जाने

काठमाडौं ११ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी जुन ९ अर्थात जेठ २६ गते स्वीट्जरल्याण्डको भ्रमणमा जाने भएका छन् । सम्बन्ध विस्तार र नेपालका विकास प्राथमिकताबारे अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउने उद्देश्य सहित प्रधानमन्त्री ओली फेरि पनि विदेश भ्रमणमा जान लागेका हुन् ।प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको भ्रमणपछि फ्रान्स र बेलायतको भ्रमण पनि गर्ने जनाइएको छ । प्रधानमन्त्री ओलीले फ्रान्स भ्रमणका बेला भिजा लगायत छपाइको लागि भित्राउने ‘सेक्युरिटी प्रिन्टिङ प्रेस’का लागि फ्रान्ससँग सम्झौता गर्ने जनाइएको छ । उनी जुन १५ अर्थात जेठ ३२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली गत माघमा स्वीट्जरल्याण्डको डाबोस शहरमा आयोजित विश्व आर्थिक मञ्चको ४१ औँ बैठकमा सामेल भाग लिन पुगेका थिए।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्