कच्चापदार्थ उत्पादन ठप्प भयो हेटौँडा सिमेण्ट उद्योगमा
काठमाडौं ५ जेठ । नेपाल सरकारको स्वामित्वमा रहेको हेटौँडा उपमहानगरपालिका–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको क्लिङ्कर कच्चापदार्थको उत्पादन ठप्प भएको छ । उद्योगको मुख्य यन्त्रको मोटर जलेर बिग्रिएपछि क्लिङ्करलगायत कच्चापदार्थको उत्पादन बन्द भएको जनाइएको छ । उत्पादन गर्ने मुख्य सञ्चालकको मोटरमा आगो लागेपछि उत्पादनमा समस्या आएर क्लिङ्कर उत्पादन बन्द भएपछि सिमेण्ट उत्पादनमा पनि ह्रास आएको छ । करीब तीन हप्ताअगाडि देखि दुई हजार ३०० किलोवाटको कच्चापदार्थ उत्पादन गर्ने मेशिन बिग्रिएको थियो । दैनिक १० हजार बोरा सिमेण्ट उत्पादन गरिरहेको सो उद्योगमा करीब दुई लाख बोरा सिमेण्ट उत्पादन गर्ने कच्चापदार्थ क्लिङ्कर मौज्दात छ । यन्त्र मर्मतका लागि वीरगञ्ज पठाइएको महाप्रबन्धक सिंहले बताए । मर्मतका लागि २२ लाख रुपैयाँ खर्च हुने भएकाले उक्त रकम छुट्याइसकेको छ । केही समयदेखि उद्योग नाफामा गएको र उपभोक्ताको माग अत्यधिक भएको उद्योगले यस आर्थिक वर्षमा ३० लाख बोरा सिमेण्ट उत्पादनको लक्ष्य राखेको थियो । उद्योगमा मजदूर तथा कर्मचारी र प्राविधिक गरी करीब ६०० जना कार्यरत छन् ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #simenta
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्