कर्मचारी भर्ना नगर्न प्रदेश दुई सरकारको लोकसेवा आयोगलाई पत्र

काठमाडौं ३ बैशाख । प्रदेश दुई सरकारले आफनो मातहतमा रहेका कार्यालयमा कर्मचारी भर्नाको प्रक्रिया अघि नबढाउन लोकसेवा आयोगलाई पत्र पठाएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश दुई सभामा लोकसेवा सम्बन्धि बिद्येयक पेश भएको स्मरण गराउँदै कर्मचारी भर्ना प्रक्रिया अघि नबढाउन पत्र पठाएका हुन् । नेपालको संविधानको धारा २२७ मा गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धि अन्य ब्यवस्था प्रदेश कानुन बमोजिम हुने ब्यवस्था रहेको छ भने धारा २८५ को उपधारा ३ मा प्रदेश मन्त्रीस्तरीय, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आफनो प्रशासन सञ्चालन गर्न आवश्यकता अनुसार कानुन बमोजिम बिभिन्न सरकारी सेवाहरुको गठन र सञ्चालन गर्न सक्नेछन् भन्ने ब्यवस्था रहेको पत्रमा उल्लेख गरिएको छ । सोही बमोजिम प्रदेश दुई को हकमा प्रदेश निजामति सेवा ऐनको बिद्येयक प्रदेश सभामा पेश भई अन्तिम चरणमा रहेको जानकारी मुख्यमन्त्री राउतले पत्रमा जानकारी दिएका छन् । उनले प्रदेशस्तर र १ सय ३६ स्थानीय तहको हकमा कर्मचारी भर्ना सम्बन्धि बिज्ञापन नगरिदिन अनुरोध गरेका छन् । पत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बोधार्थ पठाइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, लाेकसेवा/जागिर
ट्याग : #breking
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्