देश/दुनियाँप्रमुख समाचारब्रेकिंग न्युजविचार

आँधीको वितण्डा: उज्यालो हुँदा बारा र पर्सा पुगेका हामीले अध्यारो देख्यौँ

0

बालकृष्ण शर्मा/ दिपक अर्याल

पानी परेका कारण आइतबार राति साँढे ८ बजे हामी अफिसबाट निष्कियोैँ । कोठा पुग्दा थाहा पायौं बारा र पर्सामा हावा हुरीका कारण २० जनाको मृत्यु । त्यसपछि क्रमश मृतकको संख्या बढ्दै गएको सूचना हामीले पायौं । त्यसपछि अफिसमा हामी दश बजे पुन अफिस फर्कियौं । साँढे दश बजे अफिस पुग्यौं । अनि अफिसका बिभिन्न ब्यक्तिहरुलाई फोन ग¥यौं र भन्यौं हामी बारा जानुपर्ने भयो । क्यामरा पर्सनलाई पनि फोन ग¥यौँ । सबै प्रक्रिया मिलाउँदा १२ बज्यो र हामी अफिसबाट हिड्यौँ ।
पानी परिरहेको थियो तर पनि हामीलाई कुनै मतलव थिएन । किनकि हाम्रो जनताको इजलास कार्यक्रम नै घटनास्थलमा पुग्ने र सरोकारवाला निकायलाई झक्झक्याउने हो । हिड्दा साँढे १२ बजिसकेको थियो त्यस कारण कतै कतै सुत्ने कुरा नी आएन । हामी उज्यालो हुँदा घटनास्थलमै पुग्नु चियो । हेटौडा हुँदै गएका हामी बाटो पनि खराव रहेछ । त्यसमा फेरि पानी परेको रातमा भेटिने सवारी साधनका चालकलाई सोध्दै केही ठाउँमा बाटो बिराउँदै हामी हिंड्यौ । हामी बिहान ५ बजे नै पर्साको बिरगंज पुग्यौं । त्यहाँ पनि बिजुलीका पोल र घरहरु भत्किएका थिए । हामी घाइतेहरुको उपचार भइरहेको नेशनल अस्पतालमा पुग्र्यौँ र प्राइम टाइम्स टेलिभिजनमा लाइभमा जोडियौँ ।

आइतबार साँझको आँधी हुरीबाट प्रदेश–२ को बारा र पर्सामा २८ जनाले ज्यान गुमाउँदा ६ सय भन्दाबढी घाइते भएका रहेछन् । एक हजारभन्दा बढी परिवार बिस्थापित भएको यो विपद्ले स्थानीयमा के खाने, के लाउने र कहाँ बस्ने भन्ने चिन्ता थपिदिएको पायौँ । हामीले बारा र पर्सामा खबर अनुगमनका क्रममा देखेका केही दृश्य यहाँ स्मरण गर्न चाहन्छौं । जहाँ प्रधानमन्त्री केपीशर्मा ओली, गृहमन्त्री, स्वाथ्यमन्त्री र अन्य मन्त्री तथा दलका नेताहरु झण्डा फहराउदै पुगे । सेनाको हेलिकोप्टर उद्धार र राहतमा भन्दा बढी ठूलाबढालाई ओसार्न प्रयोग भएको दृश्य, पीडितहरुले घरबारसँगै अन्नपात सखाप भएको स्थान नजिकै बसेर मज्जाले नियाले । उनीहरु केही पाइन्छ कि भन्ने आसले हेलिकोप्टर बसेको देख्नासाथ उत्तै दौडिन्थे । तर, उनीहरुले केही पाएनन् । यतिमात्रै होइन्, सोमबार दिनभर प्रहरी प्रमुख, गृहसचिव, प्रदेशका मुख्यमन्त्री मन्त्री र सांसदसँगै थुप्रै नेताहरु हावा हुरीले सारा सपना उडाइदिएको बस्तीको निरिक्षणमा पुगिरहे । दलबल सहित हेलिकोप्टरमा हुँइकिएका उनीहरुले विपद्मा परेकाहरुले साँझको रात कसरी काट्लान, पाल लिएर जाउँ, साँझ के खालान राहात लिएर जाँउ भन्ने पटक्कै सोच्दै नसोचेको पाइयो ।
स्थानीय आसै आसमा निरास बनेका दृश्यहरुसँगै उद्धारमा खटिएका सुरक्षाकर्मी कामै छाडेर उनीहरुकै पछि लाग्नुपर्ने वातावरण बन्यो ठूलाबढाको स्थलगत निरिक्षण । घरबार बिहिन भएर राहत पाउने आसमा सडकको छेउमा बसेका पिडितले प्रधानमन्त्री, मन्त्री आउँदा बाटो छोड भन्दै उल्टै हप्कीदप्की सहनुपरेको दृश्य देख्दा अच्चम लाग्यो । निरिक्षणको रबैया पनि अति नै थियो, कतै पीडितहरु पानी खान नपाएर छटपराईरहेका थिए भने कतै प्रधानमन्त्री मन्त्री र ठूला बढा आउदा धुँलो नउडोस भनेर सडकमा ट्याङकरका ट्याङकर पानी पोखिदै थियो । भन्न मन लाग्यो वा सरकार, नागरिकको पीडामा कति दिनसम्म यस्तै मजाक गरिरहने । विपद्को सहैह्य पीडा सहिरहेका पीडितसम्म पुग्दा न त त्रिपालको आवश्यकता महशुस भयो, न त गाँस र बासको चिन्ता नै देखियो । यो गरिरहेको छु त्यो गर्दैछु, यति दिन्छु ढुक्क हुनु भन्ने फोस्रो आश्वसनले त बारा र पर्साका नागरिकको गास र बासको तत्कालिन समस्या समाधान हुदैननी सरकार प्रश्नै–प्रश्न उब्जिरहे मनभरी ।
बारा र पर्सामा अकस्मात आएको प्रकृतिक बिपद्को आलो घाउमा अझै मलमपट्टी लागिसकेको छैन । हजारौँलाई उठिबास लगाएको आँधी हुरीले सयौँलाई गहिरो चोट दिदा दर्जनौँको जीवनलिला नै समाप्त गरेको छ ।

बिपदमा परेकाहरु अहिले पनि राहतको आशमा छन्, घाइतेहरु अस्पतालमा उपचाररत । नेपाली सेना, शसस्त्र प्रहरीले गरेको खोज तथा उद्धारको जति प्रशंसा गरेपनि पुग्दैन । तर, हृद्यबिधारक दृश्यको स्थलगत अबलोकनमा दलबल सहित पुगेका ठूलाबढाले देखाएको व्यवहारले पनि अझैपनि नागरिकका लागि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना नभएको हो कि भन्ने आभाष मलाई दिलायो । आँधी हुरीको बितण्डाले सखाप पारेको गाउँमा पुग्दा के के देखियो, राहातको आसमा बसेका स्थानीय सरकारसँग सन्तुष्ट कसरी हुन सक्छन् यस्तो ब्यवहारले ।
सरकार राहत, उद्धार र घाइतेको उपचारमा कुनै कसर बाँकी नराखिएको बताइरहेको थियो । तर, घटनास्थलमा पुग्दा पीडितहरुको पीडा उस्तै दुरुस्तै । न गासको आवश्यकता पुरा भएको छ न सुरक्षित बासको व्यवस्था ।

बारा र पर्साका आँधी हुरी प्रभावित क्षेत्रमा पुगेका केही थान त्रिपाल पनि पँहुचवालाले मात्रै राखेको गुनासो बढिरहेको छ । पानी र खानाको भोक प्यासमा तड्पीएका पीडितहरु सबैले निरिक्षण गरेर फर्किदै गर्दा उही समस्यामा छन्, किन ? सरकार दलबल सहित हेलिकोप्टरमा हुइकिदैमा, पानी छिटेको छडकमा दौडिएर पीडितको खाली पेट भरिदैन । कसैलाई थोरै राहात बाँडेर धेरै सेलिब्रेटी बन्नु छ । राहात बाँडेको नाटक गरेर फोटो र भिडियो खिच्न मोवाइलको प्रयोग बढी भइरहेको छ ।

साहरा बिहिन भएका, आफन्त गुमाएका परिवारलाई कहाँ राहात कसले दिन्छ थाहा छैन् तर, अरु ब्यक्तीहरुको राहात लिन तछाड मछाड नै चल्छ कस्तो बिडम्बना । दैविप्रकोप उद्धारका लागि सरकारको कोषमा करोडौं पैसा थन्कीएको छ । सरकार त्यो ढुकुटी खोल्नै चाहदैन् जनताको दुखमा मलम लगाउन रित्तै हात घटनास्थलमा पुग्ने ब्यवहार कहिले सच्याउने ? अनि तत्काल आइपर्ने बिपद् समाधानका लागि पूर्वतयारी गर्ने की अव सरकार ?

२० हजार नयाँ कर्मचारी माग गर्ने सरकारको तयारी

Previous article

बिमानस्थलबाट ६ किलो सुन सहित चार जना महिला पक्राउ

Next article

You may also like