प्रमुख समाचारब्रेकिंग न्युजराजनीति

बिप्लवद्धारा राप्तीका पाँच जिल्ला बन्द, कार्यकर्ता रिहाईको माग

0

दाङ २३ फागुन ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दाङसहित राप्ती अञ्चलका पाँच जिल्ला बन्द गराएको छ । राजमार्गमा फाट्ट फुट्ट सवारी साधन चलेपनि बजार, शिक्षण संस्था, कल कारखाना ठप्प छन् । दाङको तुलसीपुर र रोल्पाबाट प्रहरीले आफना कार्यकर्ता पक्राउ गरेको र उनीहरुलाई रिहाईको माग गर्दै दाङसहित सल्यान, रुकुम, रोल्पा, प्यूठान जिल्लामा बन्द घोषणा गरेको हो । राप्ती ब्युरो इन्चार्ज सुवासले प्रेस विज्ञप्तीमा जारी गर्दे कार्यकर्ताको रिहाईको माग गर्दै बन्दको आह्वान गरिएको जनाएका छन् । प्रहरीले तुलसीपुरबाट जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई पक्राउ गरेको थियो । यस्तै फागुन २० गते रोल्पाबाट जिल्ला सदस्यहरु टीरामम परियार, लालबहादुर बिक र नृतेन्द्र सेनलाई पक्राउ गरेको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ । बन्दका कारण राप्तीका ५ जिल्लामा जनजिवन प्रभावित भएको छ ।

नेपालका चौधरीको सम्पत्ति बढ्या बढै

Previous article

डिल्लीराज विष्टसहित ८ जना प्रहरीविरुद्ध मुद्दा दायर

Next article

You may also like